प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
भण्डार शाखासंग सम्बन्धित बारम्बार सोधिने प्रश्नहरु

IMS Software सञ्चालन गर्दा nepol.cd भित्र Inventory Management System मा गई Link 1 (Live Server) मा Click गरी आफ्नो कार्यालयको User ID Password प्रविष्ट गरी Login गर्नुपर्दछ ।

कुनै कार्यालयमा IMS बाट लत्ताकपडा वितरण गर्ने क्रममा Draft मा रहेको खण्डमा यस्तो समस्या आउने भएकोले सकेसम्म Draft मा बसेको Transaction लाई खाली राख्नुपर्दछ ।

प्रहरी कर्मचारीले पाउने लत्ताकपडाको अवधि पुगेको वा नपुगेको विवरण हेर्नलाई Home Screen को Eligibility Test मा प्रहरी कर्मचारीको कम्प्यूटर कोड नं. राखि Submit गरी हेर्न सकिनेछ ।

मिल्छ, कुनै प्रहरी कर्मचारीले डिउटीमा खटिदा वा अन्य कुनै कारणले उक्त कर्मचारीले प्रयोग गरिरहेको लत्ताकपडाच्यातिएमा, नष्ट भएमा वा अन्य कुनै कारणले प्रयोग गर्न नमिल्ने भएमा सो कर्मचारीलाई उक्त लत्ताकपडा नदिईनहुने वा दिनुपर्ने उचित कारण भएमा कार्यालय प्रमुखलाई अनिवार्य रुपमा जाहेर गरी आदेश भएमा Is Special लाई Yes गरी Remarks मा दिनुपर्ने कारण खुलाई वितरण गर्नुपर्दछ ।

तालिमको सिलसिलामा प्रशिक्षार्थीहरुले प्रयोग गरेको गोली IMS मा प्रशिक्षार्थीको अभिलेखमा नजनाउने (पछि जागिर छाड्दा वा अवकाश जाँदा क्लियरेन्स गर्न समस्या हुने भएकोले), त्यसलाई एकमुष्ठ रुपमा IMS बाट Remove/Auction/Excused बाट घटाउनुपर्दछ ।

बेसाबुत हातहतियारको विवरण हेर्नलाई Report को Sabut/Besabut Details बाट आफ्नो कार्यालय छानी Submit गरेपश्चात हेर्न सकिनेछ ।

इन्ट्री गरेको कार्यालय आफैले जुन प्रक्रियाबाट ईन्ट्री गरेको हो सोही प्रक्रियाबाट गई Edit गरी सच्याउन सकिनेछ (जस्तै Type54 हतियारको नम्बर प्रविष्ट गर्ने क्रममा गलत नम्बर प्रविष्ट भएको खण्डमा Add Old Inventory बाट Type54 Sub Category छनौट गरेपछि आफुले प्रविष्टि गरेको नम्बरहरु देखिन्छ, गलत प्रविष्ट भएको नम्बर Edit गरी Submit गर्नुपर्दछ ।)

Remove Inventory (Remove/Auction/Excused) Feature Already रहेको तर विगतमा जथाभावी Remove गर्ने गरेकोले हाललाई Access नदिईएको । Access को लागि नेप्रप्रका भण्डार शाखा वा सूचना प्रविधि निर्देशनालयमा सम्पर्क राखीAccess प्राप्त भईसकेपछि Remove/Auction/Excused बाट घटाउन सकिन्छ ।

प्रहरी कर्मचारीले आफुले पाउने स्केलमा सामानहरुको खपत अवधि प्रहरी नियमावली, २०७१ को अनुसूचीमा हेर्न सक्नेछ ।

IMS Login पश्चात Report को PMIS Code Details मा सम्बन्धित प्रहरी कर्मचारीको कम्प्युटर कोड राखी Submit गरेर व्यक्तिगत लत्ताकपडाको विवरण प्राप्त गर्न सकिनेछ ।

nepol.cd को IMS User Manuals मा राखिएको http://192.168.30.8:8002/index.php/ims-manuals मा Click गरेर वा nepol.cd को IMS Login Dashboard मा गएर प्राप्त गर्न सकिन्छ ।

कम्प्युटर कोड फरक परेर सम्बन्धित बाहेक अन्य प्रहरी कर्मचारीको अभिलेखमा लत्ताकपडा Entry भएको खण्डमा Distribution को Received मा गएर Search मा सो कर्मचारीको कम्प्युटर कोड राखेर Search गरी Transaction Delete गर्न सकिन्छ ।