प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी प्रधान कार्यालय,

कल्याण महाशाखा, नक्साल

 

पृष्ठभूमि :

नेपाल प्रहरीका बहालवाला /सेवा निवृत्त प्रहरी कर्मचारी एवम् तिनका आश्रित परिवार र अमर/सहिद प्रहरी परिवारका सदस्यहरुको स्वास्थ्य, शिक्षा, सहुलियत (नगद/सामान) कर्जा, आर्थिक अनुदान, खेलकुद लगायतका विविध कल्याणकारी योजना तथा कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरुप प्रहरी कर्मचारीको आयस्रोतबाट २०३९।११।१२ गते “प्रहरी कल्याण केन्द्र” को स्थापना गरिएको, शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघका मिसनहरूमा २०४९ सालदेखि नेपाल प्रहरीको सहभागीता पश्चात कोषको आयस्रोत वृद्धि हुँदै गएपछि “प्रहरी कल्याण कोष विधान,२०५२” अनुसार सञ्चालन गरिएको थियो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित)  को नियम १९४ मा प्रहरी कल्याण कोषको स्थापना र सञ्चालन सम्बन्धी ब्यवस्था समावेश भएपछि कोषद्वारा सञ्चालित सेवामूलक तथा आयमूलक कार्यक्रहरू थप प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न आवश्यकता अनुसार कार्यविधिलाई संशोधन तथा एकिकरण गरी प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि,२०८०(दोस्रो संशोधन-२०८२) बमोजिम कल्याणकारी कार्यक्रम सञ्चालनमा रहेको छ  ।

  • कोषको उद्देश्य : नेपाल प्रहरीका बहालवाला/सेवा निवृत्त, अशक्त प्रहरी कर्मचारी एवम् तिनका आश्रित परिवार र अमर/शहिद प्रहरी परिवारका सदस्यहरुको लागि स्वास्थ्य, शिक्षा, सहुलियत (नगद/सामान) कर्जा तथा सामाजिक क्षेत्रमा आर्थिक सहयोग प्रदान, खेलकुदका क्षेत्रमा विकास, कल्याणकारी कार्यक्रमको बिस्तार लगायतका अन्य विविध कल्याणकारी क्षेत्रहरुमा समयानुकूल सेवा प्रदान गर्ने ।
  • कोषको सञ्चालन सम्बन्धी व्यवस्था : प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम १९४ उपनियम १० बमोजिम कल्याण कोषको सञ्चालन तथा व्यवस्थापनका लागि देहाय बमोजिमको कल्याण कोष सञ्चालक समिति रहने व्यवस्था रहेको छ ।

प्रहरी महानिरीक्षक, नेपाल प्रहरी प्रधान कार्यालय-                                                             संरक्षक

  •  

प्रहरी अतिरिक्त महानिरीक्षक

ने.प्र.प्र.का.प्रशासन विभाग

-अध्यक्ष

  •  

मेडिकल डाईरेक्टर, प्र.अ.म.नि.

नेपाल प्रहरी अस्पताल

-सदस्य

  •  

प्रतिनिधि (रा.प. द्वितीय श्रेणीको अधिकृत)

गृह मन्त्रालय

-सदस्य

  •  

प्रतिनिधि (रा.प. द्वितीय श्रेणीको अधिकृत)

अर्थ मन्त्रालय

-सदस्य

  •  

अवकाश प्राप्त र बहालवाला प्रहरी अधिकृत मध्येबाट संरक्षकले मनोनित गरेका २ जना

-सदस्य

  •  

अवकाश प्राप्त र बहालवाला प्र.ह.र प्र.ज. मध्येबाट संरक्षकले मनोनित गरेका २ जना

-सदस्य

  •  

महाशाखा प्रमुख

ने.प्र.प्र.का. कल्याण महाशाखा

सदस्य-सचिव

 

 

 

 

 

 

 

 

 

प्रहरी कल्याण कोषबाट उपलव्ध सेवा सुविधाहरू

  • शैक्षिक वृत्ति तथा छात्रवृत्तितर्फ :
  • शैक्षिक वृत्ति :  कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत अमर/सहिद प्रहरीका सन्ततिलाई शैक्षिक वृत्ति स्वरुप बार्षिक  रू.१२,०००।– (अक्षरेपि बाह्र हजार मात्र) का दरले शैक्षिक वृत्ति उपलब्ध गराइनेछ ।  
  • अशक्त छात्रवृत्ति :  वहालवाला प्रहरी कर्मचारी कर्तव्यपालनाको सिलसिलामा अशक्त भई अवकास प्राप्त भएमा निजको एकजना सन्ततिलाई कक्षा ६ देखि स्नातक तहसम्मको अध्ययनका लागि बार्षिक रू.१२,०००।– (अक्षरेपि बाह्र हजार मात्र) का दरले उपलब्ध गराइने छ ।
  • जेहेन्दार छात्रवृत्ति :
  • बहालवाला, अवकाश प्राप्त प्रहरीका नेपाल पुलिस स्कुल र सामुदायिक विद्यालयमा अध्ययन गर्ने जुनियर प्रहरी अधिकृतका सन्तति मध्ये उच्च अंक प्राप्त गर्ने कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत १०० जना सन्ततिलाई जनही बार्षिक रू. १२,०००/- को दरले प्रत्येक शैक्षिक सत्रमा जेहेन्दार छात्रवृत्ति रकम प्रदान गरिनेछ ।
  • बहालवाला, अवकाश प्राप्त प्रहरीका नेपाल पुलिस स्कुल र सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारका सन्तति मध्ये उच्च अंक प्राप्त गर्ने कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत २५० जना सन्ततिलाई जनही बार्षिक रू १२,०००/- को दरले प्रत्येक शैक्षिक सत्रमा जेहेन्दार छात्रवृत्ति रकम प्रदान गरिनेछ ।
  • उच्चशिक्षा छात्रवृत्ति :
  • प्रत्येक वर्षको SEE परीक्षामा उच्च अंक हासिल गर्ने बहालवाला तथा अवकाश प्राप्त प्रहरीका सामुदायिक/सरकारी विद्यालयमा अध्ययन गर्ने सन्ततिलाई र अमर/सहिद र अशक्त प्रहरीका सन्ततिको हकमा जुनसुकै विद्यालयमा अध्ययन गरेका सन्ततिलाई कक्षा ११/१२ अध्ययनको लागि लगातार दुई बर्षसम्म जनही बार्षिक रू.१८,०००।– (अक्षरेपि अठार हजार मात्र) का दरले ५० जनालाई उच्चशिक्षा छात्रवृत्ति रकम दिइनेछ ।
  • प्रत्येक वर्षको +२ कक्षाको परीक्षामा उच्च अंक हासिल गर्ने बहालवाला, अवकाश र अमर/सहिद एवं अशक्त प्रहरीका सन्ततिलाई  जुनसुकै विश्वविद्यालय/कलेजमा स्नातक तह अध्ययनको लागि जनही बार्षिक रू.१८,०००।– (अक्षरेपि अठार हजार मात्र) का दरले देहाय बमोजिमको कोटामा उच्चशिक्षा छात्रवृत्ति रकम दिइनेछ ।
  • उच्चशिक्षा प्रोत्साहन छात्रवृत्ति : शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग वा नेपाल सरकारबाट मान्यता प्राप्त अन्य आयोग तथा सोही प्रकृतिका नेपाल सरकारवाट मान्यता प्राप्त निकायबाट लिएको परीक्षामा छात्रवृत्ति कोटामा छनोट भई (चिकित्साशास्त्र, पाइलट, चार्टड एकाउन्टेन्ट, इन्जिनियरीङ, नर्सिङ, Computer Science) विषयमा उच्च शिक्षा अध्ययनरत वहालवाला, अवकाश प्राप्त र अमर/अशक्त प्रहरीका सन्ततिलाई जनही रू.१,००,०००।– (अक्षरेपि एक लाख मात्र) का दरले प्रोत्साहन स्वरुप छात्रवृत्ति रकम उपलब्ध गराइनेछ ।
  • IPTF छात्रवृत्ति :   सन् १९९२ मा United Nations’ International Police Task Force (IPTF) मिसन पुरा गरी फर्केर आएका नेपाल प्रहरीका अधिकृतहरुबाट स्वेच्छिक रुपमा एकमुष्ट USD १३,४५०।– (ने.रू. ७,८६,८४२।५५) जम्मा गरी खडा गरिएको IPTF छात्रवृत्ति कोषको व्याजबाट १० कक्षासम्म अध्ययन गर्नका लागि सो कोषको व्याज रकमबाट वार्षिक रू.६,०००/- (प्रति व्यक्ति) का दरले आर्थिक अवस्था कमजोर भएका द्वन्द्व पिडित अशक्त प्रहरी कर्मचारीका सन्ततिहरुलाई पहिलो प्राथमिकतामा राखी छात्रवृत्ति प्रदान गर्ने व्यवस्था रहेको छ । छनोटमा परेका सन्ततिले १० कक्षा पुरा नगरेसम्म लगातार छात्रवृत्ति रकम पाइरहने छन् तर अध्ययन गर्न छाडेमा वा अनुत्तीर्ण भएमा तत्पश्चात उक्त छात्रवृत्ति रकम दिइनेछैन ।
  • शैक्षिक वृत्ति/ छात्रवृत्ति उपलब्ध गराउने प्रक्रिया : शैक्षिक वृत्ति तथा छात्रवृत्ति वितरणको लागि देहाय बमोजिमको प्रक्रिया अवलम्वन गरिनेछ ।
  • कल्याण महाशाखाले प्रहरी कार्यालयहरुसँग शैक्षिक वृत्ति/छात्रवृत्ति प्रदान गर्न सन्ततिको नामावली माग गरिने छ ।
  • शैक्षिक वृत्ति/ छात्रवृत्ति प्राप्त गर्न नेपाल पुलिस स्कुलमा अध्ययनरत सन्ततिको हकमा सम्वन्धित विद्यालय मार्फत र अन्य विद्यालयमा अध्ययरत सन्ततिको हकमा सम्वन्धित जिल्ला प्रहरी कार्यालय मार्फत अनुसूची-९ बमोजिम निवेदन सहितका कागजातहरु पेश गर्नुपर्नेछ ।
  • प्राप्त भएका निवेदन सहितका कागजातहरु स्वीकृतिको लागि नेपाल पुलिस स्कुल तथा जिल्ला प्रहरी कार्यालयले नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखामा पठाउनु पर्नेछ ।
  •  शैक्षिक वृत्ति, अशक्त छात्रवृत्ति र उच्चशिक्षा प्रोत्साहन छात्रवृत्तिको लागि प्राप्त नामावली बमोजिम र जेहेन्दार छात्रवृत्ति, उच्चशिक्षा छात्रवृत्ति र IPTF छात्रवृत्तिको लागि प्राप्त नामावली मध्ये प्राप्ताङ्कको योग्यता क्रमको आधारमा निर्धारित कोटा बमोजिम कल्याण महाशाखाबाट शैक्षिक वृत्ति/ छात्र वृत्ति प्राप्त गर्ने सन्ततिको नामावली छनोट गरिनेछ ।
  • शैक्षिक वृत्ति/छात्रवृत्तिको लागि छनोट गरिएको नामावलीको आधारमा प्रहरीका सन्ततिलाई कल्याण महाशाखाबाट जारी गरिएको अनुसूची-१० बमोजिमको छात्रवृत्ति अधिकार-पत्र कल्याण महाशाखा/ विद्यालय/जिल्ला प्रहरी कार्यालय मार्फत उपलव्ध गराइने छ ।
  • छात्रवृत्ति अधिकार पत्र प्राप्त गरेका सन्ततिलाई सम्वन्धित विद्यालय र जिल्ला प्रहरी कार्यालयले शैक्षिक वृत्ति/छात्रवृत्ति रकम वितरण गर्नेछ ।
  • कल्याण महाशाखाले शैक्षिक वृत्ति/छात्रवृत्ति वितरण गरेको भरपाईका आधारमा सोधभर्ना रकम निकासा गरिनेछ ।

 

  • शैक्षिक वृत्ति/ छात्रवृत्तिका लागि पेश गर्नुपर्ने कागजात : शैक्षिक वृत्ति तथा छात्रवृत्ति प्राप्त गर्न देहाय बमोजिका कागजातहरु पेश गर्नुपर्नेछ ।
  •  तोकिए बमोजिमको ढाँचामा निवेदन ।
  • जन्मदर्ता/ नागरिकता र नाता प्रमाणित पत्रको प्रतिलिपि ।
  • अध्ययनरत विद्यालय/कलेजको सिफारिस पत्र ।
  • लव्धाङ्क पत्र तथा चारीत्रिक प्रमाणपत्रको प्रतिलिपि ।
  • सम्बन्धित विद्यार्थीको २ प्रति फोटो ।
  • वहालवाला कर्मचारीका सन्ततिको हकमा कार्यरत प्रहरी कार्यालयको सिफारिस पत्र ।         
  • अमर/सहिद, अशक्त तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततिको हकमा अभिभावकको निवृत्तिभरण अधिकार पत्र, अमर/सहिद, अशक्त खुल्ने कागजात र नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • उच्चशिक्षा प्रोत्साहन छात्रवृत्तिको हकमा शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग वा नेपाल सरकारबाट मान्यता प्राप्त निकायबाट छात्रवृत्तिमा छनोट भएको प्रमाण कागजात ।
  • अवकाश भई निवृत्तिभरण अधिकार पत्र प्राप्त ७० वर्ष उमेर पुगेका प्रहरी कर्मचारीलाई (पुरुष मासिक रू.१,०००।- र महिला मासिक रू.१,५००।- का दरले) नेपाल प्रहरी कल्याण कोषको तर्फबाट कदर स्वरुप ज्येष्ठ प्रहरी भत्ता उपलब्ध गराइनेछ ।
  • ज्येष्ठ प्रहरी भत्ता जुन सुकै समयमा दावी गरे पनि ७० बर्ष नाघेको मितिदेखि नै एकमुष्ट उपलव्ध गराइनेछ ।
  • अवकाश प्राप्त प्रहरी कर्मचारीले कल्याण कोष ज्येष्ठ प्रहरी भत्ता प्राप्त गर्न अनुसूची-११ बमोजिमको निवेदन सहित निवृत्तिभरण अधिकार पत्र, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो कल्याण महाशाखा वा सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत पेश गर्नुपर्नेछ ।
  • प्राप्त कागजातको आधारमा कल्याण महाशाखाबाट ज्येष्ठ प्रहरी कर्मचारीको नाममा अनुसूची-१२ ज्येष्ठ प्रहरी भत्ता अधिकार पत्र जारी गरिनेछ । ज्येष्ठ प्रहरी भत्ता अधिकार पत्र प्राप्त ज्येष्ठ प्रहरी कर्मचारीलाई सम्वन्धित जिल्ला प्रहरी कार्यालयबाट अर्धवार्षिक रुपमा वितरण गरिनेछ । भरपाईका आधारमा कल्याण महाशाखाबाट सोधभर्ना निकासा गरिनेछ ।
  • ज्येष्ठ प्रहरी भत्ता सम्बन्धित व्यक्तिको जीवनभर उपलब्ध गराइनेछ ।
  • स्वास्थ्य उपचार सेवा
  • नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र प्रदेश प्रहरी अस्पताल इनरूवा सुनसरी, रूपनी सप्तरी, हेटौडा मकवानपुर, पोखरा कास्की, नेपालगञ्ज वाँके, सुर्खेत र धनगढी कैलाली तथा दिपायलबाट उपलब्ध स्वस्थ्य सेवा वहालवाला प्रहरी कर्मचारी  सरह सेवा निवृत्त/अवकास प्राप्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरीका परिवारलाई र वहालवाला प्रहरीका परिवार सरह सेवा निवृत्त /अवकास प्राप्त प्रहरीका परिवारलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
  • प्रदेश प्रहरी अस्पताल कल्याणकारी अक्षय कोषको मूलधन नमासिने गरी व्याज रकमबाट वहालवाला प्रहरी कर्मचारीका परिवार, अवकाश प्राप्त प्रहरी कर्मचारी तथा आश्रित परिवार एवं अमर/सहिद, अशक्त प्रहरीका परिवारको स्वास्थ्य उपचार तथा औषधीजन्य सामाग्री उपलव्ध गराइनेछ ।
  • औषधी उपचार अनुदान (अवकाश प्राप्त) :
  • अमर/सहिद प्रहरी कर्मचारीहरुका श्रीमान वा श्रीमती, निवृत्तिभरण सुविधा प्राप्त पूर्व प्रहरी कर्मचारीहरु आफैं वा आश्रित श्रीमान/श्रीमती मध्ये कसैलाई गम्भिर रोगको उपचार गर्नुपरेमा कुनै एकलाई एक पटकको लागि रू.२,००,०००।– (अक्षरेपि दुई लाख) अनुदान सहयोग प्रदान गरिनेछ ।

(२) अनुदान रकम प्राप्त गर्न नेपाल प्रहरी अस्पतालको मेडिकल बोर्डको निर्णय सहितको सिफारिस पत्र, सम्बन्धित व्यक्तिको निवेदन, निवृत्तिभरण अधिकार पत्र र नाता प्रमाणितको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

  • औषधोपचार अनुदान:
  • गम्भीर प्रकृतिका रोग लागेका र Diabetes वा Hypertension को कारणबाट वा कर्तव्य पालनाको सिलसिलामा आँखामा चोट पटक लागेर अन्धोपन भएका बहालवाला प्रहरी कर्मचारीलाई नेपाल प्रहरी अस्पतालबाट गठित मेडिकल बोर्डको सिफारिसमा एक पटकको लागि रू. १,००,०००।- (अक्षरेपि एक लाख) र प्रहरी कर्मचारीको श्रीमान/श्रीमतीलाई रू.२,००,०००।- (अक्षरेपि दुई लाख) औषधोपचार अनुदान दिइनेछ ।

     स्पष्टिकरण: गम्भीर रोग” भन्नाले देहाय बमोजिमका रोगलाई सम्झनु पर्दछ :-

  • मुटु : मुटुरोग सम्बन्धी जटिल रोग लागी अस्वस्थ्य भई आजीवन नियमित औषधी उपचारमा रहेका, जटिल शल्यक्रिया गरेका, Valve फेरेका र धमनी Bypass वा Stene हालेका वा Pacemaker जडान गरेको बिरामी,
  • क्यान्सर : शरीरको कुनै पनि अंगमा Cancer भई शल्यक्रिया तथा केमोथेरापी, रेडियोथेरापी वा दुवै गर्नुपर्ने वा गरिरहेका वा गरिसकेका बिरामी,
  • मष्तिक तथा मेरूदण्ड : मष्तिस्क तथा मेरूदण्ड रोग लागी Thrombolysis वा Thrombectomy गर्नु परेमा वा मेरूदण्डको रोगहरू मध्ये कुनै पनि Injury जसले Permanent Disability  (स्थायी अपाङ्गता) भएका बिरामी,
  • श्रवण शक्तिमा  समस्या : श्रवण शक्तिमा ह्रास भई Cochlear Implantation गरेका बिरामी,
  • पार्किन्सन : पार्किन्सन रोग लागि उपचार गर्नुपर्ने बिरामी ।
  • औषधोपचार अनुदान प्राप्त गर्न देहाय बमोजिमका कागजातहरु पेश गर्नुपर्नेछ ।
  • प्रहरी कर्मचारीले कल्याण महाशाखा वा नेपाल प्रहरी अस्पतामा निवेदन दिनुपर्नेछ ।
  • नेपाल प्रहरी अस्पतालबाट गठित मेडिकल बोर्डद्वारा कर्मचारीलाई गम्भिर रोग लागेको निर्णय सहितको सिफारिस पत्र ।
  • प्रहरी कर्मचारीको नागरिकताको प्रमाण पत्र, तिनपुस्ते अभिलेख, परिचय-पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
  • कर्मचारीको श्रीमान/श्रीमतीको हकमा नाता खुल्ने कागजात र नागरिकताको प्रतिलिपि ।
  • तोकिएका कागजातको आधारमा अनुदान रकम उपलव्ध गराइनेछ ।
  • मृत्यु राहत अनुदान :
  • प्रहरी कर्मचारीको जुनसुकै कारणबाट मृत्यु भएमा निजको हकवालालाई राहत स्वरुप निज प्रहरी कर्मचारीबाट कट्टी भएको योगदान रकमको साँवा र ब्याजमा थप गरी रू.३,००,०००।- (अक्षरेपि तीन लाख) सम्म नगद अनुदान दिइनेछ ।
  •  मृत्यु राहत अनुदान प्राप्त गर्न देहाय बमोजिम कागजातहरु पेश गर्नुपर्नेछ ।
  • मृतक प्रहरी कर्मचारीको हकवालाको निवेदन ।
  • सम्वन्धित कार्यालयको प्रहरी कर्मचारीको मृत्यु खाली गरेको पत्र ।
  • मृत्यु दर्ता प्रमाण पत्र, मृतक तथा हकवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
  • हकवाला श्रीमान/श्रीमती भएमा विवाह दर्ताको प्रतिलिपि तथा श्रीमान्/श्रीमतीको सम्वन्धमा स्थानीय निकायको सिफारीस पत्र
  • हकवाला श्रीमान/श्रीमती बाहेक अन्य भएमा नजिकको हकवालासँगको नाता खुल्ने कागजात ।
  •  किरियाकर्म खर्च अनुदान :
  • वहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारीको मृत्यु भएमा निजको नजिकको हकवालालाई प्रहरी कल्याण कोषबाट जिल्ला प्रहरी कार्यालय मार्फत रू.४०,०००।- (अक्षरेपि चालिस हजारमात्र) किरियाकर्म खर्च उपलव्ध गराइनेछ ।  
  • प्रहरी कर्मचारीको बसोबास रहेको प्रहरी एकाईले तत्काल रकम उपलव्ध गराई जिल्ला प्रहरी कार्यालय मार्फत कल्याण महाशाखाबाट सोधभर्ना हुनेछ ।
  • यो सुविधा प्राप्त गर्न हकवालाको निवेदन, वहालवाला कर्मचारीको हकमा प्रहरी कार्यालयबाट मृत्यु खाली गरिएको पत्र, अवकाश प्राप्त प्रहरी कर्मचारीको हकमा निवृत्तिभरण अधिकार पत्रको प्रतिलिपि, मृत्यु दर्ताको प्रमाणपत्र, हकवालासँग नाता प्रमाणित प्रतिलिपि र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
  •  विवाह अनुदान :
  •  कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त अमर/सहिद प्रहरीको एक जना छोरीको विवाहमा संस्थागत अभिभावकत्व बहन गर्दै प्रहरी कल्याण कोषबाट रू.५०,०००।- (अक्षरेपि पचास हजारमात्र) विवाह खर्च अनुदान उपलब्ध गराइनेछ ।
  • विवाह अनुदान प्राप्त गर्न सम्वन्धित व्यक्तिले अमर/सहिद प्रहरी खुल्ने कागजात, अमर/सहिद प्रहरी र परिवारको नाता प्रमाणित,  छोरीको नागरिकता तथा विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
  • अन्य अनुदान सहयोग :

 स्वीकृत वार्षिक कार्यक्रममा समावेश नभएका विविध कारणले उत्पन्न हुन सक्ने परिस्थितीमा कुनै संस्था, वहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारको हितको लागि रु.१०,०००।– (अक्षरेपि दशहजारसम्म) महाशाखा प्रमुखले, २५,०००।– (अक्षरेपि पच्चिस हजारसम्म) सञ्चालक समितिका अध्यक्षले र सो भन्दा माथि सञ्चालक समितिको निर्णय बमोजिम अन्य अनुदान सहयोग उपलब्ध गराउन सकिनेछ ।

  • आर्थिक सहयोग :
  • दैवी प्रकोप तथा अन्य विपत्ति (भुकम्प, महामारी, आगलागी, बाढी पहिरो, दुर्घटना आदि) बाट क्षति भएमा आवश्यक प्रमाण कागजातका आधारमा वहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर/अशक्त प्रहरीका परिवारलाई कल्याण कोषको स्वीकृत योजना बमोजिमको आर्थिक सहायता तत्काल दिइनेछ । यो सुविधा प्रहरी कल्याण कोष तथा सम्बन्धित उपत्यका/प्रदेश प्रहरी कार्यालयमा रहेको कोषबाट कल्याण महाशाखा प्रमुखको स्वीकृतिमा रू.१०,०००।– (अक्षरेपि दश हजारसम्म) उपलब्ध गराउन सकिनेछ ।
  • आर्थिक सहयोग प्राप्त गर्न वहालवाला प्रहरी कर्मचारीको हकमा स्थानीय प्रहरी कार्यालयको मुचुल्का र कार्यरत प्रहरी कार्यालयको सिफारिस पेश गर्नुपर्ने, अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर/अशक्त प्रहरीका हकमा स्थानीय प्रहरी कार्यालयको मुचुल्का र सम्वन्धित व्यक्तिको निवेदन सहित निवृत्तिभरण अधिकार पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
  • राहत सामान :
  • सेवामा रहँदाको अवस्थामा सशस्त्र मुठभेड, आतंककारी विरुद्धको कारवाही, सवारी दुर्घटनामा घाइते भई वा अन्य रोग आदिबाट अशक्त भएका वहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरुका लागि आवश्यकता अनुसार चारपाङ्ग्रे स्कुटर, कृत्रिम अंग (हातगोडा, पञ्जा तथा औंला लगायत) र श्रवण यन्त्र नि:शूल्क उपलब्ध गराइनेछ ।
  • राहत सामान वितरण प्रक्रिया :
  •  अशक्त प्रहरी कर्मचारीको तथ्याङ्क संकलन गरी राहत सामान वितरणका लागि नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबाट राहत सामान सिफारिस बोर्ड गठन गरिने छ ।
  • हात खुट्टा नभएको/काटिएको लगायत प्रष्ट देखिने अशक्त प्रहरी कर्मचारीको हकमा यसै बोर्डको सिफारिस तथा नेपाल सरकार/स्थानीय निकायबाट जारी गरिएको अशक्तताको प्रमाण पत्रको आधारमा राहत सामान (चारपाङ्ग्रे स्कुटर, कृत्रिम अंग) उपलब्ध गराइनेछ ।
  • अन्य अशक्त प्रहरी कर्मचारीको हकमा नेपाल प्रहरी अस्पताल मेडिकल वोर्डको निर्णय सहितको सिफारिस समितिको अशक्तता सिफारिस  पत्र बमोजिम राहत सामान उपलब्ध गराइनेछ ।
  • अशक्त राहत सामान प्राप्त गर्न प्रहरी कर्मचारीले कल्याण महाशाखा वा प्रहरी अस्पतालमा निवेदन दिन सक्नेछ ।
  •  राहत सामान सिफारिस बोर्ड देहाय बमोजिम रहनेछ ।
  • प्रहरी उपरीक्षक                 नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा
  • प्रहरी नायव उपरीक्षक                     नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग
  • प्रहरी नायव उपरीक्षक                     नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज (चिकित्सक)
  • यो कार्यक्रम अन्तर्गत वहालवाला प्रहरी कर्मचारीको लागि नयाँ/पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन (कार/जिप), मोटरसाईकल/स्कुटर, कम्प्यूटर, ल्यापटप तथा अन्य घरायसी प्रयोजनका सामान (वासिङ मेसिन, ट्रेड मिल वा उस्तै प्रकृतिका शारीरिक अभ्यास गर्ने अन्य सामान, टेलिभिजन, फ्रिज (Refrigerator), एयर कन्डिसनर, माईक्रो ओभन लगायत) र निर्ब्याजी उपचार सापटी रकम उपलव्ध गराइनेछ ।
  • किस्तावन्दी कर्जा मापदण्ड  :   किस्तावन्दी कर्जा प्राप्त गर्न देहाय बमोजिमको मापदण्ड पुरा गर्नुपर्नेछ ।
  • निवेदक बहालवाला प्रहरी कर्मचारी हुनुपर्दछ ।
  • नयाँ/पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन लिन ७ वर्ष सेवा अवधि पुरा भएका जुनियर प्रहरी अधिकृतदेखि माथीका प्रहरी कर्मचारी हुनुपर्दछ ।
  • सवारी साधन (मोटरसाईकल/स्कुटर), कम्प्यूटर, ल्यापटप र अन्य घरायसी प्रयोजनको लागि तोकिएका सामानहरू तथा निर्ब्याजी उपचार सापटी लिन ५ वर्ष सेवा अवधि पुरा भई १ (एक) बर्ष बाँकी रहेको हुनुपर्दछ ।
  • नयाँ/पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन कार/जिपको हकमा निवेदकले खरिद गर्न चाहेको सवारी साधनको दरभाउपत्र (Quotation)/मूल्याङकनकर्ताले खुलाएको मूल्यको ७० प्रतिशत वा तोकिएको दर्जागत कर्जा रकममा नबढ्ने गरी कर्जा उपलब्ध गराइनेछ ।
  • बिशेष कल्याणकारी कोष तथा किस्तावन्दी शाखाबाट कर्जा लिएका प्रहरी कर्मचारीलाई नयाँ/पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन कर्जा उपलव्ध गराइने छैन ।
  • बिशेष कल्याणकारी शाखाबाट घर खरिद वा निर्माण कर्जा र शैक्षिक कर्जा (मेडिकल, पाइलट वा अन्य यस्तै प्रकृतिका तुलनात्मक रूपमा ठूलो राशीको अध्ययन लागत लाग्ने) लिएका प्रहरी कर्मचारीलाई किस्तावन्दी कार्यक्रम अन्तर्गत कुनै पनि कर्जा उपलव्ध गराइने छैन ।
  • किस्तावन्दी कर्जा कार्यक्रम अन्तर्गत सामान तथा उपकरणहरू खरिद गर्दा रू. २ लाखको सिमाभित्र रही सूचीकृत विक्रेताबाट एकमुष्ट खरिद गर्नुपर्नेछ ।
  •  सवारी साधन (चारपाङ्ग्रे/दुई पाङ्ग्रे) को कर्जा चुक्ता नहुँदासम्म प्रहरी कल्याण कोषको नाममा दर्ता कायम
    रहनेछ । सवारी साधनको दर्ता तथा वीमा पोलिसी नविकरण सम्बन्धी जिम्मेवारी ऋणी पक्षको हुनेछ ।
  • कर्जाको सम्पूर्ण साँवा र व्याज चुक्ता भएपश्चात सम्बन्धित ऋणीको नाममा नामसारी गराउनु पर्नेछ ।
  •  सवारी साधन (कार/जिप वा मोटरसाईकल/स्कुटर) कर्जा लिन इच्छुक प्रहरी कर्मचारी आफ्नै वा एकाघरको बावु/आमा/श्रीमान/श्रीमती/छोरा/छोरीको सवारी चालक अनुमति पत्र र नाता खुल्ने कागजातको प्रमाणित प्रतिलिपी पेश गर्नुपर्नेछ ।
  • पुरानो सवारी साधन लिन चाहने प्रहरी कर्मचारीले विक्रेताबाट खरिद गर्न चाहेको मूल्य खुल्ने आपसी समझादारी पत्र, सवारी दर्ता किताब, सवारी साधन खरिद गर्दाको भ्याट बिलको प्रतिलिपि सहितको निवेदन किस्तावन्दी शाखामा पेश गर्नुपर्नेछ ।
  • कर्मचारीको निवेदनको आधारमा किस्तावन्दी शाखाले सवारी महाशाखालाई मूल्याङ्कनको लागि पत्राचार गर्नेछ र सो को मूल्याङ्कन प्रतिवेदन किस्तावन्दी शाखामा पेश गर्नुपर्नेछ । 
  • पुरानो चारपाङ्ग्रे हलुका सवारी साधनको खरिदको लागि सवारी महाशाखाबाट प्राप्त मूल्याङ्कन रकमको ७० % वा दर्जागत रूपमा तोकिएको कर्जा रकम मध्ये घटी हुन आउने रकम उपलव्ध गराइनेछ ।
  • पुरानो चारपाङ्ग्रे हलुका सवारी साधनको मूल्याङ्कन देहाय बमोजिम हुनेछ :-

                   प्रहरी कर्मचारीले खरिद गर्न चाहेको पुरानो चारपाङ्ग्रे हलुका सवारी साधनको खरिद गर्दाको भ्याट बिलको आधारमा देहाय बमोजिमको ह्रास कट्टी गरी सवारी महाशाखाबाट मूल्याङ्कन गरिनेछ ,

सि.न.

सवारी साधनको आयू

ह्रास कट्टी दर

  •  

६ महिनादेखि १ बर्षभन्दा कम

५ %

  •  

१ बर्षदेखि २ बर्षभन्दा कम

१०%

  •  

२ बर्षदेखि ३ बर्षभन्दा कम

१५%

  •  

३ बर्षदेखि ४ बर्षभन्दा कम

२५%

  •  

४ बर्षदेखि ५ बर्षभन्दा कम

३५%

  •  

५ बर्षदेखि ७ बर्षसम्म

४०%

  • ६ महिनाभन्दा कम अवधि भएको सवारी साधनमा ह्रास कट्टी गरिने छैन ,
  • खण्ड (क) बमोजिमको ह्रास कट्टी पश्चात हुन आउने रकममा पुरानो चारपाङ्ग्रे सवारी साधनको भौतिक र चालु अवस्था तथा बजार मूल्यको आधारमा १०% देखि ४०% सम्म थप रकम कट्टा गरिनेछ ,
  • सवारी साधनको आयू सवारी दर्ता कितावमा उल्लेख भएको दर्ता मिति र निवेदकको निवेदन मिति अनुसार गणना गरिनेछ ,
  • पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन खरिद गर्ने प्रहरी कर्मचारीले बिक्रेता (व्यक्ति, रिकन्डिसन हाउस वा कम्पनी) सँग भएको खरिद मूल्य खुल्ने आपसी समझदारी पत्र पेश गर्नु पर्नेछ ,
  • ७ (सात) बर्षभन्दा पुरानो चारपाङ्ग्रे हलुका सवारी साधनलाई कर्जा प्रवाह गरिने छैन । साथै सूचिकृत नभएका फर्म/कम्पनी वा व्यक्तिबाट खरिद गर्न समेत कर्जा उपलव्ध गराउन सकिनेछ ।
  •   निर्ब्याजी उपचार सापटी देहाय बमोजिम उपलव्ध गराइनेछ :-
  • बहालवाला प्रहरी कर्मचारी तथा परिवारलाई लागेको गम्भीर प्रकृतिको रोगको औषधोपचारका लागि दुई वर्षसम्म निर्ब्याजी उपचार सापटी उपलब्ध गराइनेछ । दुई बर्षभित्र पटक-पटक वा एकमुष्ट रूपमा बुझाउन सक्नेछ । तोकिएको समय पश्चात बुझाउन बाँकी रहेको रकममा बार्षिक ६ % ब्याजदरले ३ बर्षभित्र ३६  (छत्तिस) किस्तामा चुक्ता गर्नुपर्नेछ ,
  • निर्ब्याजी उपचार सापटी लिन तोकिएको ढाँचामा निवेदन, नेपाल प्रहरी अस्पतालको मेडिकल बोर्डको निर्णय सहितको सिफारिस पत्र र परिवारको हकमा प्रहरी कर्मचारी र विरामी बीचको नाता खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्नेछ ,
  • बिशेष कल्याणकारी कोष तथा किस्तावन्दी शाखाबाट(नयाँ/पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन वाहेक) कर्जा सुविधा लिएको भएमा अघिल्लो महिनासम्मको नियमित मासिक किस्ता भुक्तानी गरेको हुनुपर्नेछ ।
  • आकस्मिक सहुलियत कर्जा प्राप्त गर्न देहाय बमोजिमको मापदण्ड पुरा गर्नुपर्नेछ :-
  • आकस्मिक सहुलियत कर्जा प्राप्त गर्न प्रहरी बरिष्ठ नायव निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मका कर्मचारीको सेवा अवधि ५ बर्ष पुरा भएको हुनुपर्नेछ ,
  • यो कर्जा प्राप्त गर्न चारपाङ्ग्रे हलुका सवारी कर्जा लिएको भएमा सम्पूर्ण सावा र ब्याज भुक्तानी गरी सकेको हुनुपर्नेछ,
  • निर्ब्याजी उपचार सापटी लिएको भएमा सम्पूर्ण साँवा र ब्याज भुक्तानी गरी सकेको हुनुपर्नेछ ,
  • घर खरिद वा निर्माण सम्बन्धी कर्जा लिएको भएमा साँवा र ब्याज भुक्तानी गरी सकेको हुनुपर्नेछ ,
  • शैक्षिक कर्जा (मेडिकल/पाइलट वा यस्तै प्रकृतिका ठूलो राशीको अध्ययन लागत लाग्ने) लिएको भएमा सावा र ब्याज भुक्तानी गरी सकेको हुनुपर्नेछ,
  • औषधोपचार कर्जा (दश लाख भन्दामाथि खर्च हुने) लिएको भएमा साँवा र ब्याज भुक्तानी गरी सकेको हुनुपर्नेछ ।
  • किस्तावन्दी कर्जा अन्तर्गत मोटरसाईकल/स्कुटर वा कम्प्यूटर, ल्यापटप तथा घरायसी प्रयोजनका सामान खरिद कर्जा मध्ये कुनै एक वटा कर्जा उपलव्ध गराइनेछ ।
  • किस्तावन्दी कर्जा कार्यक्रमको विवरण : प्रहरी कल्याण कोषबाट उपलव्ध गराइने किस्तावन्दी कर्जाको रकम, ब्याजदर, किस्ता संख्या, मासिक किस्ता र कर्जा अवधि देहाय बमोजिम हुनेछ ।

क्र.सं

विवरण

कर्जा रकम  (रू.)

ब्याजदर

किस्ता संख्या

मासिक किस्ता रकम (रू.)

अवधि (बर्ष)

सवारी साधन

  •  

नयाँ/पुरानो चारपाङ्ग्रे (कार/जिप)

जु.प्र.अ.को लागि

१५ लाखसम्म

६%

१२०

१६,६५३।- सम्म

१०

प्र.नि. देखि प्र.उ.को लागि

२० लाखसम्म

६%

१२०

२२,२०५।- सम्म

१०

प्र.व.उ. र प्र.ना.म.नि.को लागि

२५ लाखसम्म

६%

१२०

२७,७५६।- सम्म

१०

प्र.अ.म.नि.र प्र.म.नि.को लागि

३० लाखसम्म

६%

१२०

३३,३०७।- सम्म

१०

  •  

मोटरसाईकल/स्कुटर

३ लाखसम्म

६%

७२

४,९७२।- सम्म

६

  •  

कम्प्यूटर, ल्यापटप तथा घरायसी प्रयोजनका सामानहरू (टेलिभिजन/ फ्रिज/एयर कन्डिसनर/ माईक्रो ओभन/वासिङ मेसिन/ट्रेड मिल वा उस्तै प्रकृतिका शारीरिक अभ्यास गर्ने अन्य सामान)

२ लाखसम्म

५%

३६

५,९९५।- सम्म

३

  •  

निर्ब्याजी उपचार सापटी

३ लाखसम्म

६%  

(२ बर्षपछि)

३६

९,१२७।- सम्म

३

  •  

आकस्मिक सहुलियत कर्जा

प्र.ब.ना.नि.देखी प्र.का.स. सम्म

२ लाखसम्म

५ %

२४

८,७७५।- सम्म

२

                 

 

  • किस्तावन्दी कर्जा उपलब्ध गराउने प्रक्रिया :
  •  प्रहरी कर्मचारीले चाहेको बिक्रेताबाट किस्तावन्दीमा खरिद गर्न छनोट गरेको सवारी साधन (चारपाङ्ग्रे/दुईपाङग्रे), सामान तथा उपकरणको स्पेशिफिकेशन (मोडल, प्रकार, रङ) र मूल्य खुलेको दरभाउ-पत्र, सवारी साधनको हकमा सवारी चालक अनुमति पत्र सहित अनुसूची -१३ तथा पुरानो चारपाङ्ग्रे हलुका सवारी साधनको हकमा अनुसूची -१४ बमोजिम निवेदन र अनुसूची -१५ बमोजिमको तमसुक भरी Integrated Police Welfare Information System मा अनलाइन आवेदन गर्नुपर्नेछ ।
  •  निर्ब्याजी उपचार सापटीको लागि नेपाल प्रहरी अस्पतालको मेडिकल बोर्डको निर्णय सहितको सिफारिस पत्र एवं परिवारको हकमा प्रहरी कर्मचारी र विरामी वीचको नाता खुल्ने कागजातको प्रतिलिपि सहित अनुसूची-१६ बमोजिमको निवेदन र अनुसूची-१७ बमोजिम तमसुक भरी Integrated Police Welfare Information System मा अनलाइन आवेदन गर्नुपर्नेछ । 
  • सम्वन्धित कर्मचारीको दरवन्दी कार्यालयको लेखा शाखाले प्राप्त भएको अनलाईन आवेदन रुजु गरी स्वीकृत गर्नु पर्नेछ ।
  • उक्त आवेदन किस्तावन्दी शाखाले रुजु गरी स्वीकृत गरे पश्चात सम्वन्धित कर्मचारीलाई अनुसूची-१८ बमोजिमको सामान निकासा अनुरोध पूर्जी जारी गर्नु पर्नेछ ।
  • सम्बन्धित विक्रेताले सामान निकासा अनुरोध पुर्जी बमोजिम प्रहरी कर्मचारीलाई भरपाई गरी सामान उपलब्ध गराउनु पर्नेछ ।
  •  सामान बुझाएको भरपाई र विल समेत संलग्न राखी पेश गरेको कागजातका आधारमा किस्तावन्दी शाखाले विक्रेतालाई चेक मार्फत भुक्तानी गरे पश्चात ऋणी कायम गरी तलव खर्च लेख्ने सम्वन्धित प्रहरी कार्यालयलाई मासिक किस्ता कट्टी गर्न पत्राचार गर्नु पर्नेछ ।
  • किस्तावन्दी कर्जामा उपलव्ध गराइएको नयाँ/पुरानो सवारी साधन प्रहरी कल्याण कोषको नाममा रहनेछ । साँवा र व्याज चुक्ता गरे पश्चात तोकिएको यातायात व्यवस्था कार्यालयहरुमा खटाइएका प्रतिनिधि मार्फत सम्वन्धित कर्मचारीको नाममा नामसारी गरिनेछ ।
  • किस्तावन्दी कर्जा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु : किस्तावन्दी कर्जा प्राप्त गर्न देहाय बमोजिका कागजातहरु पेश गर्नुपर्नेछ ।
  • तोकिए  बमोजिमको ढाँचामा निवेदन ।
  • किस्तावन्दीमा खरिद गर्न छनोट गरेको सवारी साधन (चारपाङ्ग्रे/दुईपाङग्रे), सामान तथा उपकरणको स्पेशिफिकेशन (मोडल, प्रकार, रङ) र मूल्य खुलेको दरभाउपत्र ।
  • सवारी साधनको हकमा सवारी चालक अनुमति पत्रको प्रतिलिपि ।
  • पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन खरिद गर्ने प्रहरी कर्मचारीले बिक्रेता (व्यक्ति, रिकन्डिसन हाउस वा कम्पनी) सँग भएको खरिद मूल्य खुल्ने आपसी समझदारी पत्र, सवारी दर्ता किताब, सवारी साधन खरिद गर्दाको भ्याट बिलको प्रतिलिपि सहितको निवेदन  ।
  • निर्ब्याजी उपचार सापटी लिन नेपाल प्रहरी अस्पतालको मेडिकल बोर्डको निर्णय सहितको सिफारिस पत्र र परिवारको हकमा प्रहरी कर्मचारी र विरामी वीचको नाता खुल्ने कागजातको प्रतिलिपि ।

 

 

 

  • प्रहरी कर्मचारीलाई सहुलियत ब्याजदरमा कर्जा तथा अनुदान वितरण गर्नको लागि वहालवाला प्रहरी कर्मचारीहरुको तलबबाट मासिक रुपमा निश्चित रकम कट्टा गरी जम्मा भएको रकमबाट “बिशेष कल्याणकारी कोष, २०६९”  देखि शुरुवात गरिएको हो । यो कोषलाई कर्मचारीले सेवाबाट अलग हुँदा साँवा र ब्याज एकमुष्ट फिर्ता पाउने गरी अवकाश कोषको रुपमा सञ्चालन गरिएको छ । यस अन्तर्गत सहुलियत कर्जा, घर  खरिद वा निर्माण कर्जा, शैक्षिक कर्जा, औषधोपचार कर्जा/अनुदान तथा मृत्यु राहत अनुदान लगायतका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।
  • कर्जा वितरण मापदण्ड :  बिशेष कल्याणकारी कर्जा कार्यक्रमहरु प्राप्त गर्न देहाय बमोजिमका मापदण्ड पूरा गरी तोकिए बमोजिमका कागजातहरु संलग्न गरी आफूले लिन चाहेको कर्जाको लागि अनुसूची-२० बमोजिमको ढाँचामा निवेदन, अनुसूची -२१ बमोजिमको कर्जा तमसुक भरी अनलाइन मार्फत आवेदन दिनुपर्नेछ ।
  • सहुलियत कर्जा : (क) यो कर्जा प्राप्त गर्न प्रहरी कर्मचारीको सेवा अवधि कम्तीमा ५ (पाँच) वर्ष पूरा भएको र २ (दुई) वर्ष सेवा अवधि बाँकी रहेको हुनुपर्नेछ ।
  • किस्तावन्दी शाखाबाट चारपाङ्ग्रे सवारी साधन लिएको भएमा सम्पूर्ण साँवा ब्याज भुक्तानी गरिसकेको हुनुपर्नेछ ।
  • बिशेष कल्याणकारी कोषबाट कर्जा सुविधा लिएको भएमा कर्जाको साँवा र व्याज भुक्तान गरिसकेको हुनुपर्नेछ ।
  • घर खरिद वा  निर्माण कर्जा : (क) यो कर्जा प्राप्त गर्न प्रहरी कर्मचारीको सेवा अवधि कम्तिमा १० (दश) वर्ष पूरा भएको र ५ (पाँच) वर्ष सेवा अवधि बाँकी रहेको हुनुपर्नेछ ।

(ख) बिशेष कल्याणकारी कोषबाट अन्य कर्जा सुविधा लिएको प्रहरी कर्मचारीले यो कर्जा लिन पाउने छैन ।

(ग)  किस्तावन्दी शाखाबाट  कर्जा सुविधा लिएको भएमा सम्पूर्ण साँवा ब्याज भुक्तानी गरिसकेको हुनुपर्नेछ ।

(घ)  घर खरिद वा निर्माण गरिने जग्गा प्रहरी कर्मचारी आफ्नै वा श्रीमान/श्रीमतीको नाममा रहेको हुनुपर्नेछ ।  घर खरिद कर्जाको लागि खरिद गरेको मितिले ३५ (पैतिस) दिनभित्र दावी गरेमा खरिद रकममा नबढने गरी कर्जा रकम उपलव्ध गराइनेछ ।

  • औषधोपचार कर्जा :   (क) यो कर्जा ५ (पाँच) वर्ष पूरा भएको र २ (दुई) वर्ष सेवा अवधि बाँकी रहेका प्रहरी कर्मचारी र तिनका परिवारलाई उपलव्ध गराइनेछ ।

(ख) किस्तावन्दी शाखाबाट चार पाङ्ग्रे सवारी साधन कर्जा लिएको प्रहरी कर्मचारीले यो कर्जा लिन पाउने छैन ।

  • शैक्षिक कर्जा : (क)  यो कर्जा १० (दश) वर्ष सेवा अवधि पूरा भएका वहालवाला प्रहरी कर्मचारीका सन्ततिलाई उपलव्ध गराइनेछ ।

(ख) मेडिकल, पाईलट वा अन्य यस्तै प्रकृतिका तुलनात्मक रुपमा ठूलो राशीको अध्ययन लागत लाग्ने शैक्षिक कर्जाको हकमा किस्तावन्दी शाखाबाट सवारी साधन (दुई/चार पाङ्ग्रे) कर्जा र कल्याणकारी शाखाबाट कुनै पनि सुविधा  लिएको भएमा कर्जाको साँवा र व्याज भुक्तान गरिसकेको हुनुपर्नेछ ।

(ग)  CA, ईन्जिनियरिङ, स्टाफ नर्स, कृषि र सूचना प्रविधि शैक्षिक कर्जाको हकमा किस्तावन्दी शाखाबाट चारपाङ्ग्रे सवारी साधन कर्जा र बिशेष कल्याणकारी कोषबाट कुनै पनि कर्जा सुविधा नलिएको हुनु पर्नेछ ।

  • कल्याणकारी कर्जा कार्यक्रमको विवरण : वहालवाला प्रहरी कर्मचारीलाई वितरण गरिने कर्जा रकम, ब्याजदर, किस्ता संख्या, मासिक किस्ता, कट्टी रकम र अवधि देहाय बमोजिम हुनेछ ।

क्र.सं

विवरण

कर्जा रकम

वार्षिक ब्याजदर

किस्ता संख्या

मासिक

किस्ता रकम

अवधि

१

सहुलियत कर्जा

रू. ५ लाख

६%

८४

७,३०५/-

७ वर्ष

२

घर खरिद वा निर्माण कर्जा

रू.२०लाख

६%

२४०

१४,३३०/-

२० बर्ष

३

औषधोपचार कर्जा

 (१० लाख भन्दा माथि खर्च हुने)

रू.७ लाख

५%

६०

१३,२१०/-

५ बर्ष

औषधोपचार कर्जा

(५ लाखभन्दा माथि रू. १० लाखसम्म खर्च हुने)

रू. ५ लाख

५%

६०

९,४४०/-

५ बर्ष

४

शैक्षिक कर्जा

 (मेडिकल/पाइलट वा यस्तै प्रकृतिका अन्य)

रू.१५ लाख

६%

१२०

१६,६५५/-

१० बर्ष

शैक्षिक कर्जा

(CA, ईन्जिनियरिङ, स्टाफ नर्स, कृषि र सूचना प्रविधि)

रू. ५ लाख

६%

६०

९,६७०/-

५ बर्ष

            

           टिप्पणी :  नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको उपभोक्ता कर्जा निर्देशिका बमोजिम आधार दर (Base  Rate) अनुसार कोष सञ्चालक समितिले कर्जाहरूको ब्याजदर समय सापेक्ष परिमार्जन गर्न सक्नेछ ।

  • कर्जा उपलब्ध गराउने प्रक्रिया :  विशेष कल्याणकारी कोषबाट वितरण गरिने कर्जा प्रवाह कार्यलाई सरल, व्यवस्थित एवं प्रभावकारी बनाउन एकीकृत सफ्टवेयर मार्फत देहाय बमोजिम गर्नु पर्नेछ ।
  • कर्जा माग गर्ने प्रहरी कर्मचारीले लिन चाहेको कर्जाको लागि आवश्यक कागजात तोकिए बमोजिमको ढाँचामा निवेदन र कर्जा तमसुक फारम भरी Integrated Police Welfare Information System मा अनलाइन आवेदन दिनुपर्नेछ । 
  • सम्वन्धित कर्मचारीको दरवन्दी कार्यालयको लेखा शाखाले रुजु गरी प्राप्त भएको अनलाईन आवेदन स्वीकृत गर्नु पर्नेछ ।
  • कर्जाको लागि सम्वन्धित प्रहरी कर्मचारीबाट सफ्टवेयरमा प्राप्त भएका निवेदन सहितका कागजात लेखा शाखाले रुजु गरी बिशेष कल्याणकारी कोषमा पठाउनु पर्नेछ ।
  • बिशेष कल्याणकारी शाखाले प्राप्त कागजात रुजु गरी कर्जा स्वीकृतिको लागि प्रक्रिया अगाडी बढाउनु पर्नेछ ।
  • कर्जा स्वीकृत भए पश्चात सम्बन्धित कर्मचारीको खाता मार्फत कर्जा निकासा दिने र मासिक किस्ता संकलनको लागि सम्बन्धित प्रहरी कार्यालयलाई कर्जा सम्बन्धी पत्राचार गर्नु पर्नेछ ।
  • सम्बन्धित लेखा शाखाले ऋणीको कर्जा बाँकी रहे/नरहेको, नियमित किस्ता कट्टी भए/नभएको सम्वन्धमा एकिन गरी मासिक कट्टी रकम नियमित गराउनु पर्नेछ ।
  • कर्जा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु : मापदण्ड पूरा गरेका प्रहरी कर्मचारीहरुले बिशेष कल्याणकारी कर्जा प्राप्त गर्न तोकिए बमोजिको ढाँचामा निवेदन र कर्जा तमसुक सहित देहाय बमोजिका कागजातहरु पेश गर्नुपर्नेछ ।
  • सहुलियत कर्जाः  तोकिए बमोजिको ढाँचामा निवेदन र कर्जा तमसुक ।
  • घर खरिद वा निर्माण कर्जा :
  • घर निमार्णतर्फ : जग्गाधनी प्रमाणपूर्जा, जग्गा श्रीमान/श्रीमतीको नाममा भए नाता खुल्ने कागजात, घर-नक्सा पास र राजस्व तिरेको रसिद, स्थायी इजाजत-पत्र, प्लिन्थ (Plinth) लेभलसम्म निर्माण गरेको फोटो तथा तला थपको हकमा निर्माण इजाजत नविकरण र राजस्व तिरेको रसिदको प्रतिलिपि । 
  • घर खरिदतर्फ : जग्गाधनी प्रमाण पूर्जा, रजिष्ट्रेशन पास, घर श्रीमान/श्रीमतीको नाममा खरिद गरेको भए नाता खुल्ने कागजात, निर्माण सम्पन्न प्रमाण पत्र, सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।
  • औषधोपचार कर्जा : नेपाल प्रहरी अस्पताल मेडिकल वोर्डको सिफारिस पत्र, उपचारमा लाग्ने अनुमानित खर्च रकम खुल्ने कागजात, परिवारको हकमा नाता खुल्ने कागजात, नागरिकताको प्रमाणपत्र, विवाह दर्ता वा जन्म दर्ताको प्रतिलिपि ।
  • शैक्षिक कर्जा: मान्यता प्राप्त शैक्षिक संस्थाबाट ‌+2 वा सो सरह उर्तिण भएको शैक्षिक प्रमाण पत्र, तोकिएको विषयमा भर्ना भएको खुल्ने कागजात, अध्ययन शूल्क खुल्ने कागजात, सन्नततिको नागरिकता/ नाता प्रमाणित वा जन्मदर्ताकोप्रतिलिपि ।
  • अन्य सेवा सुविधा
  • UN Mission मा जाँदा उपलव्ध हुने सुविधा : 
  • प्रहरी कल्याण कोषवाट प्रहरी कर्मचारीलाई झोला थान-१, व्याक प्याक थान-१, स्वीस मल्टिपल नाईफ थान-१, टर्च लाईट थान-१, आर्म-व्याज थान-२, टिर्सट थान-२ र झुल (Mossy Dome) थान-१ लगायतका सामान उपलव्ध गराइनेछ । यी सामानहरु प्रहरी कर्मचारीले नियमानुसार पाउने सुविधामा गणना गरिने छैन ।
  • प्रहरी कर्मचारीलाई आवश्यक भ्याक्सिन(Vaccination) नेपाल प्रहरी अस्पताल मार्फत उपलव्ध गराइनेछ ।
  • प्रहरी कर्मचारीले माग गरेमा नगद रू.१,००,०००।- (अक्षरेपि एक लाखसम्म) सापटी सुविधा उपलव्ध गराइनेछ ।
  • प्रहरी कर्मचारीलाई लुगा-भत्ता सुविधा वापत नगद रू. ७,०००।- (सात हजार) उपलव्ध गराइनेछ ।
  • Contingent Commander वा Team Leader लाई मिशन Commander को थप जिम्मेवारी (प्रतिवेदन, कर्मचारी व्यवस्थापन, विभिन्न कार्यक्रम आयोजना आदिका लागि) विविध खर्चका रुपमा वार्षिक USD 500 (अमेरिकी डलर पाँच सय) प्रहरी कल्याण कोषवाट उपलब्ध गराइनेछ । तर एक जनामात्र खटिएको हकमा यो सुविधा लागू हुने छैन ।
  • प्रहरी कर्मचारीको मिशन स्थलमा वा मिशनमा बिरामी भई सोही कारणले नेपाल फिर्ता भई ३५ दिनभित्र मृत्यु भएमा निजले मिशनमा योगदान गरे वापत प्रहरी कल्याण कोषमा नियमानुसार बुझाउनु पर्ने रकम छुट दिइनेछ।
  • फिल्म शुटिङ : फिल्म शुटिङको लागि उपलब्ध गराईने तपशिल बमोजिमका सुविधाहरुको लागि निम्नानुसार सेवा शुल्क निर्धारण गरिएको छ ।

 

सि.नं.

बिवरण

अवधि

सेवा शुल्क रू.

कैफियत

  •  

कार्यालय भवन ग्राउण्ड

१ देखि ३ घण्टा

८,०००।-

 

  •  

सवारी साधन

प्रति घण्टा

६,०००।-

 

  •  

मेसिनरी वाकिटकी प्रतिसेट

प्रति घण्टा

२,५००।-

 

  •  

घोडा

प्रति घण्टा

२,५००।-

 

  •  

कुकुर

प्रति घण्टा

५,०००।-

 

  •  

अन्य सामान ( हतियार बाहेक)

१ देखि ३ घण्टा

१,०००।-

प्रति आईटम

  •  

समारोह स्थल

१ घण्टा

७,०००।-

 

  •  

हतियार ( कर्मचारी सहित )

प्रतिघण्टा र गोटा

५,०००।-

 

  •  

मोटरवोट

प्रति घण्टा

५,०००।-

 

 

  • नेपाल पुलिस स्कुलहरु

वहालवाला तथा अवकास प्राप्त प्रहरी कर्मचारी, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी तथा सर्वसाधारणका सन्तति समेतलाई सुलभ र सरल रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नेपाल प्रहरीबाट प्रादेशिक संरचना अनुरुप निम्न स्थानहरुमा नेपाल पुलिस स्कुलहरु सञ्चालन गरिएको छ ।

निम्नः

सि.नं

स्कुलको नाम

स्थापना मिति

कक्षा सञ्चालन

सम्पर्क नं.

ईमेल

१.

नेपाल पुलिस स्कुल साँगा, काभ्रे

२०४०/११/१२

कक्षा ४ देखि +2 सम्म (विज्ञान र व्यवस्थापन)

०११६६१३०१/

९८५१२८६००५

nps.sanga@nepalpolice.gov.np

npsschoolsanga@gmail.com

२.

नेपाल पुलिस स्कुल सामाखुसी, काठमाडौं

२०५५/०३/१३

कक्षा नर्सरी देखि +2 सम्म     (व्यवस्थापन र मानविकी)

०१४९५६१६०/

९८५१२८४२४०

nps_samakhusi@nepalpolice.gov.np

३.

नेपाल पुलिस स्कुल धरान, सुनसरी

२०४५/११/०६

कक्षा नर्सरी देखि +2 सम्म (व्यवस्थापन)

९८५२०९०१६२

 

dps@nepalpolice.gov.np

 

४.

नेपाल पुलिस स्कुल गरुडा, रौतहट

२०५८/१२/१०

कक्षा नर्सरी देखि +2 सम्म (व्यवस्थापन)

९८५५०२१६९९

mrpschool@nepalpolice.gov.np

 

५.

नेपाल पुलिस स्कुल शान्तिपुर, चितवन

२०७५/१०/२९

कक्षा १ देखि कक्षा १० सम्म

९८५५०१९०९०

nps_chitwan@nepalpolice.gov.np

६.

नेपाल पुलिस स्कुल बेलचौतारा, तनहुँ

२०४१/१२/१५

कक्षा नर्सरी देखि कक्षा  १० सम्म

९८५६०७०३४२

wrpstanahu@nepalpolice.gov.np

schooltanahu@gmail.com

७.

नेपाल पुलिस स्कुल घोराही, दाङ

२०४१/१०/२०

कक्षा नर्सरी देखि +2 सम्म (व्यवस्थापन )

०८२४१४०५२

mwrpsdang@nepalpolice.gov.np

 

८.

नेपाल पुलिस स्कुल विरेन्द्रनगर, सुर्खेत

२०७५/१२/१४

कक्षा नर्सरी देखि कक्षा ९ सम्म

९८५८०७९८००

nps_surkhet@nepalpolice.gov.np

 

९.

नेपाल पुलिस स्कुल धनगढी, कैलाली

२०४२/०१/०३

कक्षा नर्सरी देखि कक्षा १० सम्म

९८५८४९००४४

fwrsd1@gmail.com

 

 

  • प्रहरी कल्याण कोष पेट्रोल पम्प

विशेष परिस्थिति (भूकम्प, महामारी, वन्द हड्ताल, नाकाबन्दी आदि जस्ता विषम/असहज) मा पनि इन्धनको अभाव हुन नदिई नेपाल प्रहरीका, प्रहरी कर्मचारी र सर्वसाधारण समेतलाई सरल र सहज रूपमा मापदण्ड बमोजिम शुद्ध, गुणस्तरिय र परिमाण अनुसार पेट्रोलियम पदार्थ उपभोग गर्न पाउने ब्यवस्था सुनिश्चितता गर्न/गराउन नेपाल सरकारबाट तीन वटैं सुरक्षा निकायहरु (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) लाई पेट्रोल पम्प सञ्चालन गर्ने अनुमति प्राप्त भए अनुसार प्रहरी कल्याण कोषद्वारा हाल काठमाडौं उपत्यकाभित्र २ स्थानमा र उपत्यका बाहिर ७ स्थान गरी निम्न अनुसारका जम्मा ९ स्थानमा पेट्रोल पम्पहरूबाट सञ्चालनमा रहेका छन् ।

निम्न :

सि.नं.

पम्पको नाम

स्थान

स्थापना मिति

उपलव्ध सेवा सुविधा

ईमेल

१.

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्साल

ने.प्र.प्र.का. नक्साल परिसर

२०५६।११।२०

( पेट्रोल, डिजल र लुव्रिकेन्टस )

phqpetrolpump@nepalpolice.gov.np

२.

प्रहरी कल्याण कोष पेट्रोल पम्प सामाखुशी

का.म.न.पा.३ सामाखुशी काठमाडौं

२०७२।०६।२९

( पेट्रोल, डिजल र लुव्रिकेन्टस )

mahalaxmifc@nepalpolice.gov.np

३.

प्रहरी कल्याण कोष पेट्रोल पम्प भरतपुर

भरतपुर म.न.पा.१० चितवन परिसर

२०७६।०९।२०

( पेट्रोल, डिजल र लुव्रिकेन्टस )

petrolpumpbharatpur@nepalpolice.gov.np

४.

प्रहरी कल्याण कोष पेट्रोल पम्प पथलैया

सिमरा उ.म.न.पा.-१ पथलैया, वारा

२०५२।०४।१८

(डिजल र लुव्रिकेन्टस )

petrolpumppathlaiya@gmail.com

५.

प्रहरी कल्याण कोष पेट्रोल पम्प कदमाहा

सुरुङ्गा न.पा. ४ सप्तरी

२०५२।०८। १५

( पेट्रोल, डिजल र लुव्रिकेन्टस )

petrolpumpkadmaha@nepalpolice.gov.np

६.

प्रहरी कल्याण कोष पेट्रोल पम्प पोखरा

पोखरा, कास्की

२०८२।०६।०७

( पेट्रोल, डिजल र लुव्रिकेन्टस )

petrolpumppokhara@nepalpolice.gov.np

७.

प्रहरी कल्याण कोष पेट्रोल पम्प कावासोती

कावासोती,नवलपरासी

(बर्दघाट सुस्ता पूर्व)

२०८२।०७।०२

( पेट्रोल, डिजल र लुव्रिकेन्टस )

petrolpumpkawasoti@nepalpolice.gov.np

८.

प्रहरी कल्याण कोष पेट्रोल पम्प कोहलपुर

कोहलपुर  न.पा. ११ बाँके

२०८१।०१।१५

( पेट्रोल, डिजल र लुव्रिकेन्टस )

petrolpumpkohalpur@nepalpolice.gov.np

९.

प्रहरी कल्याण कोष पेट्रोल पम्प धनगढी

धनगढी उप.म.न.पा. २, कैलाली

२०८१।०१।२४

( पेट्रोल, डिजल र लुव्रिकेन्टस )

petrolpumpdhanagadhi@nepalpolice.gov.np

  • नेपाल पुलिस क्लब :  क्लवबाट उपलव्ध सेवा, सुविधाको वारेमा जानकारीको लागि (क्लिक गर्नुहोस)
  • नेपाल पुलिस हेल्थ क्लब : हेल्थ क्लवबाट उपलव्ध सेवा, सुविधाको वारेमा जानकारीको लागि (क्लिक गर्नुहोस)
  • आवास सुविधा 

प्रहरी कल्याण कोषद्वारा सञ्चालित काठमाडौं सामाखुशी स्थित नेपाल प्रहरीका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्र.का.स देखि प्र.व.ह. सम्मको लागि आलोपालो उपभोग गर्न पाउने गरी निम्न अनुसारको आवास सुविधा उपलब्ध गराउन प्रहरी आवास गृह सञ्चालनमा रहेको छ ।

  • प्र.ना.उ  -  ४ परिवार
  •  प्र.नि. - १२ परिवार
  •  जु.प्र.अ. -  ६ परिवार
  •  प्र.ह./प्र.ज. -  १४ परिवार

(आवास सुबिधा उपभोग गरे बापत आवास भवनहरुको मर्मत संभार प्रयोजनका लागि शुरु तलब स्केलको सि.प्र.अ.ले २०%  र जु.प्र.अ. तथा जवानले १५%  प्रत्येक महिना कल्याण महाशाखामा आवास भाडा बुझाउनु पर्नेछ)

 

  • प्रहरी अतिथि गृह

 काठमाडौंको भृकुटीमण्डप र नेपालगञ्जको धम्बोझीमा वहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकृत तथा जवानहरु, तिनका परिवार र अमर/सहिद प्रहरी परिवारहरुका लागि न्यूनतम् शुल्कमा आवास सुविधा उपलब्ध गराइनेछ। प्रहरी अस्पतालमा उपचारर्थ आउने अवकाशप्राप्त ज्येष्ठ प्रहरी कर्मचारीको लागि ज्येष्ठ प्रहरी अतिथि गृह रहेको छ ।        

  • प्रहरी अतिथि गृह, भृकुटीमण्डप, काठमाण्डौंको सेवा शुल्क :

सि.नं.

विवरण

कोठा सं.

बेड  सं.

विद्यमान प्रतिबेड शुल्क

प्रस्तावित प्रति वेड शुल्क

परिवार सहितको लागि १ (एक) कोठाको शुल्क

कैफियत

१

प्र.उ. को लागि

१

१

रु.५००।-

रु.५००।-

रु.५००।-

Attached Bathroom

२

प्र.ना.उ. को लागि

२

२

रु.५००।-

रु.५००।-

रु.५००।-

३

प्र.नि.को लागि

२

४

रु.४००।-

रु.३००।-

रु.५००।-

 

४

जु.प्र.अ. को लागि

६

१२

रु.३००।-

रु.२००।-

रु.४००।-

 

५

प्र.ब.ह. देखि प्र.का.ससम्म

६

१२

रु.२००।-

रु.१५०।-

रु.३००।-

 

 

  • प्रहरी अतिथि गृह, धम्बोजी, नेपालगंजको सेवा शुल्क :

सि.नं

विवरण

कोठा सं.

बेड  सं.

प्रति बेड प्रति दिनको शुल्क

कैफियत

१

प्र.उ. वा सो भन्दा माथी

१

१

रु.३००।-

Attached Bathroom, A/C

२

सि.प्र.अ. को लागि

१

२

रु.२००।-

 

३

जु.प्र.अ. को लागि

१

७

रु.१००।-

A/C

४

प्र.ब.ह. देखि प्र.का.स.सम्म

१

७

रु.५०।-

A/C

५

परिवार सहितको लागि

१

३

रु.१००।-

 

६

कमन रुम प्रति वेड

१

४

रु.५०।-

 

 

  • ज्येष्ठ प्रहरी अतिथि गृह, महाराजगञ्ज, काठमाडौँको सेवा शुल्क :
  • सगरमाथा कक्ष ............ रु.७००।-
  • कञ्चनजंगा कक्ष ......... रु.६००।-
  • मकालु कक्ष ................रु.४००।-
  • धौलागिरी कक्ष ............ रु.२००।-
  • अन्नपुर्ण कक्ष .............. रु.१५०।–