प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रहरी कल्याण कोष तथा अन्तर्गत सञ्चालित सेवामूलक संस्थासंग सम्बन्धित बारम्बार सोधिने प्रश्नहरु

Nepal Police Mobile App को Police Services भित्र Welfare Option मा Click गरी बाँकी कर्जा रकम र बिशेष योगदानको जम्मा रकम हेर्न सकिन्छ तर अग्रिम कर्जा भुक्तानीको लागि सम्बन्धित शाखामा सम्पर्क गर्नुपर्नेछ ।

·      किस्ताबन्दी कर्जा (मो.सा., स्कुटर र घरायसी समाग्री निर्ब्याजी उपचार सापटी) कर्जा प्राप्त गर्न सेवा अवधि ५ वर्ष पुरा भई १ वर्ष बाँकी रहेको हुनुपर्दछ ।

·      चारपाङग्रे गाडी (जिप/कार) को लागि सेवा अवधि ७ वर्ष पुरा भएको हुनुपर्दछ ।

·      सहुलियत कर्जा प्राप्त गर्न सेवा अवधि ५ वर्ष पुरा भई २ वर्ष बाँकी रहेको हुनुपर्दछ ।

·       घर खरिद वा निर्माण कर्जा प्राप्त गर्न सेवा अवधि १० वर्ष पुरा भई ५ वर्ष बाँकी रहेको हुनुपर्दछ ।

·       शैक्षिक कर्जाको लागि सेवा अवधि १० वर्ष पुरा भएको हुनुपर्दछ ।

·     प्रहरी कल्याण कोषवाट प्रदान गरिने सेवा सुविधा सम्बन्धी थप जानकारी लिन चाहेमा निम्न नम्वरहरुमा सम्पर्क गरी जानकारी लिन सक्नुहुनेछ ।

·       प्रहरी कल्याणकोषबाट प्रदान गरिने सेवा सुविधाहरू वितरण हुने सम्बधित शाखाको विवरण सम्पर्क नं.बाट ।

·       लेखा शाखा (पूर्व प्रहरी कर्मचारीले प्राप्त गर्ने सेवा सुविधा सम्बन्धी) - ०१-५७१९८५०/ ९८५१२९४५२४

·      विशेष कल्याणकारी कोष (सहुलियत ऋण, घर कर्जा, शैक्षिक कर्जा, औपधी उपचार कर्जा, विशेष कल्याणकारी योगदान वापतको रकम फिर्ता, दुर्घटना क्षतिपूर्ति रकम) – ९८५१२८४९४४

·   किस्ताबन्दी शाखा  सवारी साधन चारपाङग्रे (कार, जिप), मो.सा/स्कुटर, घरायासी सामान खरिद कर्जा र निर्व्याजी उपचार सापटी – ९८५१२९४५२२

·       कल्याण, प्रशासन शाखा (थप जानकारीको लागि)- ९८५१२९४५२०

नेपाल पुलिस क्लबबाट उपलब्ध सुविधामा ४० % छुटको व्यवस्था रहेको छ ।

नेपाल पुलिस क्लबबाट उपलब्ध सेवा बिहान ०६:०० बजेदेखि साँझ ७:०० बजे सम्म हुनेछ ।

नेपाल पुलिस क्लबबाट उपलब्ध सुविधाहरू निर्धारित शुल्क बुझाई संघ-संस्था, सरकारी कर्मचारी, सर्वसाधारण व्यक्तिले उपभोग गर्न मिल्छ ।  

प्रहरी कल्याणकोषको निम्न स्थानहरुको पेट्रोल पम्पहरूमा मोबिल (Mobil) पाईन्छ ।

·         प्रहरी कल्याणकोष पेट्रोल पम्प, नक्साल काठमाण्डौ

·         प्रहरी कल्याणकोष पेट्रोल पम्प, सामाखुसी काठमाण्डौ

·         प्रहरी कल्याणकोष पेट्रोल पम्प, भरतपुर चितवन

·         प्रहरी कल्याणकोष पेट्रोल पम्प, पथलैया बारा

·         प्रहरी कल्याणकोष पेट्रोल पम्प, कदमाहा सप्तरी

प्रहरी कल्याण कोष पेट्रोल पम्पले संस्था तथा निर्माण कार्यहरुको लागि प्रमाणित कागजात चेकजाँच गरी इन्धन उपलब्ध हुन्छ ।

नेपाल पुलिस हेल्थ क्लवमा उपलब्ध सेवाहरु र शुल्क  सम्बन्धी विवरण https://www.nepalpolice.gov.np/public-services/public-facility/11 मा हेर्न सकिनेछ ।

प्रहरी आवास गृह प्रयोगको लागि आवेदनको क्रमानुसार मापदण्डभित्र पर्ने प्रहरी कर्मचारीले प्रति महिना देहाय अनुसारको शुल्क बुझाई २ (दुई) बर्षसम्म उपभोग गर्न पाउनेछन् ।

·         सि.प्र.अ. हरुको लागि शुरु तलव स्केलको २० % ले हुन आउने रकम ।

·         जु.प्र.अ. देखि प्र.ह./प्र.ज. सम्म शुरु तलव स्केलको १५ % ले हुन आउने रकम

नेपाल प्रहरी अस्पताल महाराजगञ्ज परिसरभित्र रहेको ज्येष्ठ प्रहरी अतिथि गृहका कक्षहरू एक पटकमा अधिकत्तम सात (७) दिन सम्म रु १५०।- देखी रु ७००।– सम्म शुल्क वुझाई प्रयोग गर्न सकिनेछ ।

प्रहरी कल्याणकोष पेट्रोल पम्पहरू २४ सैं घण्टा खुल्ला हुन्छन् ।

नेपाल पुलिस क्लबबाट उपलब्ध सेवाहरूको प्रयोग शुल्क https://www.nepalpolice.gov.np/public-services/public-facility/7 मा हेर्न सकिनेछ ।

प्रहरी अतिथि गृहमा देहाय अनुसारको शुल्क बुझाई एक पटकमा बढिमा ७ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

सि.नं.

विवरण

प्रति वेड शुल्क

परिवार सहितको लागि १ (एक) कोठाको शुल्क

प्र.उ. को लागि

रु.५००।-

रु.५००।-

प्र.ना.उ. को लागि

रु.५००।-

रु.५००।-

प्र.नि.को लागि

रु.३००।-

रु.५००।-

जु.प्र.अ. को लागि

रु.२००।-

रु.४००।-

प्र.ब.ह. देखि प्र.का.स.सम्म

रु.१५०।-

रु.३००।-

प्रहरी कल्याण कोष पेट्रोल पम्पमा Online Payment मार्फत भुक्तानी हुन्छ ।

अधिकार प्राप्त निकायबाट प्रचलित कानून अनुसार सामाजिक संस्थाको रुपमा दर्ता भई कानूनले निर्दिष्ट गरेको शर्तहरु पूर्ण रूपमा पालना गरेको सामाजिक संघ/संस्थालाई २५% छुट ब्यवस्था रहेको छ ।

नेपाल पुलिस क्लबको हलहरू प्रयोग गर्न निर्धारित शुल्क बुझाई अग्रिम बुकिङ्ग गर्नु पर्नेछ ।

नेपाल पुलिस क्लबबाट उपलब्ध हुने सुविधाहरू निम्नानुसार छन ।

·         ब्याटमिन्टन कभर्ड हल (Badminton Covered Hall)

·         जिम हल (Gym Hall)

·         अडिटोरियम हल (Auditorium Hall)

·         विशिष्ट कक्ष र अति विशिष्ट कक्ष (VIP and VVIP Lounge)

·         समारोह कक्ष (Event Hall)

·         प्रर्दशनी कक्ष (Exhibition Hall)

·         सम्मेलन कक्ष (Conference Hall)

·         सेवा कक्ष (Service Counter)

-    वाह्‍य सेवा स्थल (Outdoor Service Space With Glass Roof)

-    वाह्‍य एरिया (Lawn & Garden)

-    क्याफे तथा रेष्टुटेण्ट (Cafes and restaurants)