आर्थिक प्रशासन शाखासंग सम्बन्धित बारम्बार सोधिने प्रश्नहरु
दोस्रो बच्चासम्मको लागि शिशु स्याहार भत्ता पाईने व्यवस्था छ । शिशु
स्याहार भत्ता सम्बन्धित कर्मचारीको दरबन्दी रहेको कार्यालयबाट भुक्तानी हुन्छ ।
शिशु स्याहार भत्ता भुक्तानी लिनको लागि निम्न अनुसारको कागजातहरु पेस
गर्नुपर्नेछ:-
·
बच्चाको जन्मदर्ता,
·
विवाह दर्ताको प्रमाणपत्र,
·
नागरिकता (श्रीमान/श्रीमती),
·
स्थानीय निकायद्धारा पहिलो वा दोस्रो बच्चा हो भनी खुलेको सिफारिसपत्र,
· कर्मचारीको तिनपुस्ते अभिलेख र कर्मचारीको निवेदन सहित तलब खर्च
लेख्ने कार्यालयको आ.प्र. शाखामा प्रतिवेदन गर्नुपर्दछ ।
प्र.ब.ना.नि.बाट प्र.नि. पदमा बढुवा वा एक तह पदोन्नति हुने र
प्र.नि./प्र.ना.उ. (प्राविधिक समेत) पदमा नयाँ नियुक्ति हुनु भएका प्रहरी
अधिकृतहरूले ट्यूनिक सिलाई ज्याला भुक्तानी लिनको लागि निम्न अनुसारको कागजातहरु
पेस गर्नुपर्नेछ:-
·
नियुक्ति पत्र,
·
कर्मचारी परिचय पत्र,
·
पदोन्नति तथा अवकाश पत्र,
·
तिनपुस्ते अभिलेख र कर्मचारीको
निवेदनसहित सम्बन्धित आर्थिक प्रशासन शाखामा पेस गर्नुपर्दछ ।
शैक्षिक छात्रवृत्ती रकम भुक्तानी लिनको
लागि निम्न अनुसारको कागजातहरु पेस गर्नुपर्नेछ:-
·
पेन्सनपट्टा,
·
नाता प्रमाणित पत्र,
·
मृत्यु खाली वा मरणोप्रान्त एक तह
बढुवा पत्र,
·
बच्चाको जन्मदर्ताको प्रमाणपत्र,
·
सम्बन्धित विद्यालयको वर्ष खुलेको
सिफारिस पत्र,
·
नागरिकताको प्रतिलिपि,
·
५० % भन्दा बढी अंगभंग भएको सिफारिस
पत्र र कर्मचारी वा आश्रित परिवारको निवेदन चाहिन्छ ।
कार्यरत कार्यालयबाट रुजु हाजिर सहित दररेट
खुल्ने गरी मासिक रुपमा तलब खर्च लेख्ने कार्यालयले प्राप्त गर्ने गरी महिनाको २५
गते भित्र कार्यरत कार्यालयको प्रशासन शाखाबाट रासन हाजिर पठाउनु पर्दछ ।
बढुवा भएपश्चात प्रहरी नियमावलीको नियम १४६(२) बमोजिम तलब स्केल मिलानका लागि निम्न अनुसारको कागजातहरु पेस गर्नुपर्नेछ:-
· बढुवा पत्र,
· तिनपुस्ते अभिलेख,
· तलवी प्रतिवेदन,
· नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित सम्बन्धित तलब खर्च लेख्ने आर्थिक प्रशासन शाखामा प्रतिवेदन गरी कार्यालयको सिफारिसपत्र सहित राष्ट्रिय प्रहरी किताबखाना लैनचौर/सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा गई स्केल मिलान गर्ने र स्केल मिलानको पत्र आ.प्र. शाखामा पेस गर्ने ।
उपदान, संचित बिदा र औषधी उपचार रकम
भुक्तानी लिनको लागि निम्न अनुसारको कागजातहरु पेस गर्नुपर्नेछ:-
·
अवकाश/राजीनामा/ नो.ह./मृत्यु खाली
पत्र,
·
पेन्सन पट्टा/उपदान पत्र/आखिरी तलब
खुलेको पत्र,
·
कर्मचारीको तिनपुस्ते अभिलेख,
·
बिदाको अभिलेख (अनुसूची-१४),
·
औषधी उपचार खाए नखाएको पत्र
(ने.प्र.प्र.का. आ.प्र.शाखा र प्रहरी किताबखाना),
·
फरफारक फारम (Clearance) र कर्मचारी वा कानुन बमोजिमको हकवालाले निवेदनसहित सम्बन्धित दरबन्दीको
आर्थिक प्रशासन शाखामा पेस गर्ने ।
तलब खर्च लेख्ने कार्यालयको सम्पर्कमा गई कार्यालयको स्थायी लेखा
नम्बर पत्ता लगाउने र आन्तरिक राजस्व कार्यालयको website www.ird.gov.np मा गई general folder मा click गरी taxpayer login मा
गई login गरेपश्चात tax clearance button मा click गरी तोकिएको ढाँचामा आफ्नो विवरण प्रविष्ट
गरी मिति २०८१।०८।०१ गते बाट online माध्यमबाट नै कर चुक्ता
प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।
पेसाकर्मी सरल कर्जाको लागी कर्जा लिने राष्ट्रिय बाणिज्य बैंकको शाखा
खुलाई रीतपुर्वक कर्जा फाराम भरि कार्यरत कार्यालयको आर्थिक प्रशासन शाखा/प्रशासन
शाखामा पेस गरी कर्जा सिफारिस पत्र सहित नागरिकता, तिनपुस्ते अभिलेख, जमानीकर्ताको
नागरिकता, कर्मचारी परिचयपत्र, युनिफर्म
लगाएको फोटो सहित रा.बा.बैंकको कर्जा लिन चाहेको शाखामा सम्पर्क गर्ने । कर्जा
रकमको सीमा तथा सो सम्बन्धी सर्वाधिकार राष्ट्रिय बाणिज्य बैंकमा निहित रहनेछ ।
आयकर ऐन २०५८ ले गरेको व्यवस्था अनुसार पारिश्रमिक आम्दानीमा एकल र
दम्पत्तीलाई कर योग्य आयको छुट सीमा क्रमश: ५ लाख र ६ लाख रहेको छ भने, अवकाश कोषमा योगदान
(कर्मचारी संचय कोष र नागरीक लगानी कोष, निवृत्तिभरण कोष)
गरे बापत आम्दानीको १ तिहाई वा ५ लाख जुन घटि हुन्छ सो घटाउन पाउने व्यवस्था रहेको
छ । त्यसको अतिरिक्त प्रहरी कर्मचारीले कुनै पनी बिमा कम्पनीमा व्यक्तिगत बिमा
गरेको भए प्रिमियम तिरेको बार्षिक रकमको ४० हजार सम्म आम्दानीमा घटाउन सकिन्छ,
महिला कर्मचारी भएमा कर रकमको १० प्रतिशत छुट पाउने, दुर्गम भत्ता प्राप्त गर्ने कर्मचारीले भत्ताको ५० हजार सम्म आम्दानीबाट
घटाउन पाउने, अपाङ्ग व्यक्ति भए थप ५० प्रतिशत सम्म छुट
पाउने, स्वास्थ्य बिमा गरेको भए २० हजार सम्म छुट पाउने,
आफ्नो स्वमित्वमा रहेको निजी भवनको विमा गरेको भए ५ हजार सम्म छुट
पाउने । तसर्थ प्रहरी कर्मचारीले उल्लेखित प्रावधानहरुको उच्चतम उपयोग गरेको
खण्डमा पारिश्रमिक कर रकममा छुट पाउन सकिनेछ ।