आन्तरिक लेखापरीक्षण शाखासंग सम्बन्धित बारम्बार सोधिने प्रश्नहरु
राष्ट्रिय वाणिज्य बैंकको क्लिरियन्स पत्र
तथा बेरुजु रकम तिरेको भौचर प्राप्त भए पश्चात मात्र आ.ले.प.शाखाबाट फरफारक काम
हुन्छ ।
राष्ट्रिय बाणिज्य बैंकबाट पेसाकर्मी सरल
कर्जा वापत अधिकतम रकम रु.१५ लाख सम्म र दुर्घटना बिमा वापत रकम रु. ५ लाख सम्म
प्राप्त गर्न सकिन्छ ।
कर्मचारी सञ्चय कोषबाट निम्नानुसारको
सेवा-सुविधा प्राप्त गर्न सकिन्छ :-
·
विशेष सापटी :- सञ्चयकर्ताको जम्मा भएको कोष रकमको ९०% सम्म ।
·
घर सापटी :- अधिकतम सीमा १ करोड सम्म ।
·
शैक्षिक सापटी :- जग्गा / घरजग्गा धितो राखी अधिकतम ४० लाख सम्म ।
·
सरल सापटी :- जग्गा / घरजग्गा धितो राखी अधिकतम ६० लाख सम्म ।
·
घर मर्मत सापटी :- जग्गा / घरजग्गा धितो राखी अधिकतम ४० लाख सम्म ।
·
जग्गा खरिद सापटी :- जग्गा/घरजग्गा धितो राखी अधिकतम एक करोड सम्म ।
·
सुत्केरी तथा शिशु
स्याहार योजना :- दुई वटा बच्चा सम्मका लागि प्रति पटक
रू ७ हजार ५ सय ।
·
काज किरिया अनुदान योजना
:- बहालमा रहेको सञ्चयकर्ताको निधन भएमा
रू ४० हजार ।
·
दुर्घटना क्षतिपूर्ति
योजना :- सेवाकालमा मृत्यु वा पूर्ण अंगभंग
भएमा रू दुई लाख ।
· स्वास्थ्य उपचार योजना :- सञ्चयकर्ता वा निजको पति/पत्नी अस्पताल भर्ना भई उपचार गरेको खर्च रकमको शोधभर्ना साधारण रोगको उपचारमा १ लाखसम्म तथा घातक रोगको १० लाखसम्म ।
क्रमश:
निम्नानुसारको वरीयताक्रम अनुसारको रोष्टर तयार गरिन्छ ।
• जेष्ठता,
• शैक्षिक
योग्यताको श्रेणी/तह,
• विषयगत अध्ययन
(व्यवस्थापन, विज्ञान, मानविकी, शिक्षा संकाय क्रमश:),
• लेखा तालिम मिति,
• नोकरी पदोन्नतिको
क्रमाङ्क समेतलाई आधार मानी वरीयताक्रम तयार गरिन्छ ।
रा.प्र.प्र.प्र.को
तालिम क्यालेण्डर तथा आ.ले.प. शाखाको आवश्यकता अनुसार छनौट चरणको नतिजा वरीयताक्रम
अनुसार तालिम हुन्छ ।
नागरिक लगानी कोषबाट देहाय अनुसारको सेवा सुविधा प्राप्त
गर्न सकिन्छ :
|
विशेष सापटी |
नागरिक लगानी कोषमा आवद्ध
सहभागीहरूले कोषमा जम्मा भएको रकमको ९० % सम्म विशेष सापटी रकम प्राप्त गर्नेछन् । |
|
आवास कर्जा |
नागरिक लगानी कोषमा आवद्ध
सहभागीहरूलाई कोषलाई मान्य हुने धितो लिएर अधिकतम रू १ करोड सम्म कर्जा प्राप्त
हुनेछ । कोषमा पति / पत्नी दुवै जना सहभागी भएमा रू १ करोड ५० लाखसम्म कर्जा
प्राप्त हुनेछ । |
|
सरल कर्जा |
नागरिक लगानी कोषमा आवद्ध सहभागीको
आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक लगायत व्यक्तिगत प्रयोजन सम्वन्धी कार्यका लागि
धितो सुरक्षण लिएर कर्जाको न्यूनतम सीमा रू ५ लाख र अधिकतम सीमा ५० लाख हुनेछ । |
|
शैक्षिक कर्जा |
नागरिक लगानी कोषमा आवद्ध सहभागी
वचतकर्ता वा निजको एकाघरका परिवारका सदस्यलाई स्वदेश वा विदेशमा स्नातक, स्नातकोत्तर, एमफिल, विद्यावारिधि वा सो भन्दा माथिको शैक्षिक तहमा अध्ययन गर्ने प्रयोजनको
लागि धितो सुरक्षण लिएर कर्जाको न्यूनतम सीमा रू ५ लाख र अधिकतम सीमा ४० लाख
हुनेछ । |
|
सवारी साधन खरिद कर्जा |
नागरिक लगानी कोषमा आवद्ध सहभागी
वचतकर्ता वा निजको एकाघरका परिवारका सदस्यलाई निजी सवारी साधन खरिदका लागि धितो
सुरक्षण लिएर अधिकतम सीमा रु.३० लाख सम्मको रकम सवारी साधन कर्जा वापत प्रदान
हुनेछ । |
|
दुर्घटना भुक्तानी |
नागरिक लगानी कोष बचत वृद्धि कोषमा
आवद्ध प्रहरी कर्मचारी कार्यालयको कामकाजको सिलसिलामा दुर्घटनामा परी मृत्यु
भएमा निजको हकवालालाई रु.१ लाख रुपैँया प्रदान गरिनेछ । |