सबै सोधिने प्रश्न
राष्ट्रिय वाणिज्य बैंकको क्लिरियन्स पत्र
तथा बेरुजु रकम तिरेको भौचर प्राप्त भए पश्चात मात्र आ.ले.प.शाखाबाट फरफारक काम
हुन्छ ।
राष्ट्रिय बाणिज्य बैंकबाट पेसाकर्मी सरल
कर्जा वापत अधिकतम रकम रु.१५ लाख सम्म र दुर्घटना बिमा वापत रकम रु. ५ लाख सम्म
प्राप्त गर्न सकिन्छ ।
कर्मचारी सञ्चय कोषबाट निम्नानुसारको
सेवा-सुविधा प्राप्त गर्न सकिन्छ :-
·
विशेष सापटी :- सञ्चयकर्ताको जम्मा भएको कोष रकमको ९०% सम्म ।
·
घर सापटी :- अधिकतम सीमा १ करोड सम्म ।
·
शैक्षिक सापटी :- जग्गा / घरजग्गा धितो राखी अधिकतम ४० लाख सम्म ।
·
सरल सापटी :- जग्गा / घरजग्गा धितो राखी अधिकतम ६० लाख सम्म ।
·
घर मर्मत सापटी :- जग्गा / घरजग्गा धितो राखी अधिकतम ४० लाख सम्म ।
·
जग्गा खरिद सापटी :- जग्गा/घरजग्गा धितो राखी अधिकतम एक करोड सम्म ।
·
सुत्केरी तथा शिशु
स्याहार योजना :- दुई वटा बच्चा सम्मका लागि प्रति पटक
रू ७ हजार ५ सय ।
·
काज किरिया अनुदान योजना
:- बहालमा रहेको सञ्चयकर्ताको निधन भएमा
रू ४० हजार ।
·
दुर्घटना क्षतिपूर्ति
योजना :- सेवाकालमा मृत्यु वा पूर्ण अंगभंग
भएमा रू दुई लाख ।
· स्वास्थ्य उपचार योजना :- सञ्चयकर्ता वा निजको पति/पत्नी अस्पताल भर्ना भई उपचार गरेको खर्च रकमको शोधभर्ना साधारण रोगको उपचारमा १ लाखसम्म तथा घातक रोगको १० लाखसम्म ।
क्रमश:
निम्नानुसारको वरीयताक्रम अनुसारको रोष्टर तयार गरिन्छ ।
• जेष्ठता,
• शैक्षिक
योग्यताको श्रेणी/तह,
• विषयगत अध्ययन
(व्यवस्थापन, विज्ञान, मानविकी, शिक्षा संकाय क्रमश:),
• लेखा तालिम मिति,
• नोकरी पदोन्नतिको
क्रमाङ्क समेतलाई आधार मानी वरीयताक्रम तयार गरिन्छ ।
दोस्रो बच्चासम्मको लागि शिशु स्याहार भत्ता पाईने व्यवस्था छ । शिशु
स्याहार भत्ता सम्बन्धित कर्मचारीको दरबन्दी रहेको कार्यालयबाट भुक्तानी हुन्छ ।
शिशु स्याहार भत्ता भुक्तानी लिनको लागि निम्न अनुसारको कागजातहरु पेस
गर्नुपर्नेछ:-
·
बच्चाको जन्मदर्ता,
·
विवाह दर्ताको प्रमाणपत्र,
·
नागरिकता (श्रीमान/श्रीमती),
·
स्थानीय निकायद्धारा पहिलो वा दोस्रो बच्चा हो भनी खुलेको सिफारिसपत्र,
· कर्मचारीको तिनपुस्ते अभिलेख र कर्मचारीको निवेदन सहित तलब खर्च
लेख्ने कार्यालयको आ.प्र. शाखामा प्रतिवेदन गर्नुपर्दछ ।
प्र.ब.ना.नि.बाट प्र.नि. पदमा बढुवा वा एक तह पदोन्नति हुने र
प्र.नि./प्र.ना.उ. (प्राविधिक समेत) पदमा नयाँ नियुक्ति हुनु भएका प्रहरी
अधिकृतहरूले ट्यूनिक सिलाई ज्याला भुक्तानी लिनको लागि निम्न अनुसारको कागजातहरु
पेस गर्नुपर्नेछ:-
·
नियुक्ति पत्र,
·
कर्मचारी परिचय पत्र,
·
पदोन्नति तथा अवकाश पत्र,
·
तिनपुस्ते अभिलेख र कर्मचारीको
निवेदनसहित सम्बन्धित आर्थिक प्रशासन शाखामा पेस गर्नुपर्दछ ।
शैक्षिक छात्रवृत्ती रकम भुक्तानी लिनको
लागि निम्न अनुसारको कागजातहरु पेस गर्नुपर्नेछ:-
·
पेन्सनपट्टा,
·
नाता प्रमाणित पत्र,
·
मृत्यु खाली वा मरणोप्रान्त एक तह
बढुवा पत्र,
·
बच्चाको जन्मदर्ताको प्रमाणपत्र,
·
सम्बन्धित विद्यालयको वर्ष खुलेको
सिफारिस पत्र,
·
नागरिकताको प्रतिलिपि,
·
५० % भन्दा बढी अंगभंग भएको सिफारिस
पत्र र कर्मचारी वा आश्रित परिवारको निवेदन चाहिन्छ ।
कार्यरत कार्यालयबाट रुजु हाजिर सहित दररेट
खुल्ने गरी मासिक रुपमा तलब खर्च लेख्ने कार्यालयले प्राप्त गर्ने गरी महिनाको २५
गते भित्र कार्यरत कार्यालयको प्रशासन शाखाबाट रासन हाजिर पठाउनु पर्दछ ।
बढुवा भएपश्चात प्रहरी नियमावलीको नियम १४६(२) बमोजिम तलब स्केल मिलानका लागि निम्न अनुसारको कागजातहरु पेस गर्नुपर्नेछ:-
· बढुवा पत्र,
· तिनपुस्ते अभिलेख,
· तलवी प्रतिवेदन,
· नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित सम्बन्धित तलब खर्च लेख्ने आर्थिक प्रशासन शाखामा प्रतिवेदन गरी कार्यालयको सिफारिसपत्र सहित राष्ट्रिय प्रहरी किताबखाना लैनचौर/सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा गई स्केल मिलान गर्ने र स्केल मिलानको पत्र आ.प्र. शाखामा पेस गर्ने ।
उपदान, संचित बिदा र औषधी उपचार रकम
भुक्तानी लिनको लागि निम्न अनुसारको कागजातहरु पेस गर्नुपर्नेछ:-
·
अवकाश/राजीनामा/ नो.ह./मृत्यु खाली
पत्र,
·
पेन्सन पट्टा/उपदान पत्र/आखिरी तलब
खुलेको पत्र,
·
कर्मचारीको तिनपुस्ते अभिलेख,
·
बिदाको अभिलेख (अनुसूची-१४),
·
औषधी उपचार खाए नखाएको पत्र
(ने.प्र.प्र.का. आ.प्र.शाखा र प्रहरी किताबखाना),
·
फरफारक फारम (Clearance) र कर्मचारी वा कानुन बमोजिमको हकवालाले निवेदनसहित सम्बन्धित दरबन्दीको
आर्थिक प्रशासन शाखामा पेस गर्ने ।
Nepal Police Mobile App को Police Services भित्र Welfare Option मा Click गरी बाँकी कर्जा रकम र बिशेष योगदानको जम्मा रकम हेर्न सकिन्छ तर अग्रिम
कर्जा भुक्तानीको लागि सम्बन्धित शाखामा सम्पर्क गर्नुपर्नेछ ।
· किस्ताबन्दी कर्जा (मो.सा., स्कुटर र घरायसी समाग्री निर्ब्याजी उपचार सापटी) कर्जा प्राप्त गर्न सेवा
अवधि ५ वर्ष पुरा भई १ वर्ष बाँकी रहेको हुनुपर्दछ ।
· चारपाङग्रे गाडी (जिप/कार) को लागि
सेवा अवधि ७ वर्ष पुरा भएको हुनुपर्दछ ।
· सहुलियत कर्जा प्राप्त गर्न सेवा अवधि
५ वर्ष पुरा भई २ वर्ष बाँकी रहेको हुनुपर्दछ ।
· घर खरिद वा निर्माण कर्जा प्राप्त
गर्न सेवा अवधि १० वर्ष पुरा भई ५ वर्ष बाँकी रहेको हुनुपर्दछ ।
· शैक्षिक कर्जाको लागि सेवा अवधि १०
वर्ष पुरा भएको हुनुपर्दछ ।
· प्रहरी कल्याण कोषवाट प्रदान गरिने
सेवा सुविधा सम्बन्धी थप जानकारी लिन चाहेमा निम्न नम्वरहरुमा सम्पर्क गरी जानकारी
लिन सक्नुहुनेछ ।
· प्रहरी कल्याणकोषबाट प्रदान गरिने
सेवा सुविधाहरू वितरण हुने सम्बधित शाखाको विवरण सम्पर्क नं.बाट ।
· लेखा शाखा (पूर्व प्रहरी कर्मचारीले
प्राप्त गर्ने सेवा सुविधा सम्बन्धी) - ०१-५७१९८५०/ ९८५१२९४५२४
· विशेष कल्याणकारी कोष (सहुलियत ऋण, घर कर्जा, शैक्षिक कर्जा, औपधी
उपचार कर्जा, विशेष कल्याणकारी योगदान वापतको रकम फिर्ता,
दुर्घटना क्षतिपूर्ति रकम) – ९८५१२८४९४४
· किस्ताबन्दी शाखा सवारी साधन चारपाङग्रे (कार, जिप), मो.सा/स्कुटर, घरायासी
सामान खरिद कर्जा र निर्व्याजी उपचार सापटी – ९८५१२९४५२२
· कल्याण, प्रशासन शाखा (थप
जानकारीको लागि)- ९८५१२९४५२०
तलब खर्च लेख्ने कार्यालयको सम्पर्कमा गई कार्यालयको स्थायी लेखा
नम्बर पत्ता लगाउने र आन्तरिक राजस्व कार्यालयको website www.ird.gov.np मा गई general folder मा click गरी taxpayer login मा
गई login गरेपश्चात tax clearance button मा click गरी तोकिएको ढाँचामा आफ्नो विवरण प्रविष्ट
गरी मिति २०८१।०८।०१ गते बाट online माध्यमबाट नै कर चुक्ता
प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।
पेसाकर्मी सरल कर्जाको लागी कर्जा लिने राष्ट्रिय बाणिज्य बैंकको शाखा
खुलाई रीतपुर्वक कर्जा फाराम भरि कार्यरत कार्यालयको आर्थिक प्रशासन शाखा/प्रशासन
शाखामा पेस गरी कर्जा सिफारिस पत्र सहित नागरिकता, तिनपुस्ते अभिलेख, जमानीकर्ताको
नागरिकता, कर्मचारी परिचयपत्र, युनिफर्म
लगाएको फोटो सहित रा.बा.बैंकको कर्जा लिन चाहेको शाखामा सम्पर्क गर्ने । कर्जा
रकमको सीमा तथा सो सम्बन्धी सर्वाधिकार राष्ट्रिय बाणिज्य बैंकमा निहित रहनेछ ।
नेपाल पुलिस क्लबबाट उपलब्ध सुविधामा ४० %
छुटको व्यवस्था रहेको छ ।
नेपाल पुलिस क्लबबाट उपलब्ध सेवा बिहान ०६:००
बजेदेखि साँझ ७:०० बजे सम्म हुनेछ ।
नेपाल पुलिस क्लबबाट उपलब्ध सुविधाहरू निर्धारित शुल्क बुझाई
संघ-संस्था, सरकारी कर्मचारी, सर्वसाधारण व्यक्तिले उपभोग गर्न
मिल्छ ।
प्रहरी कल्याणकोषको निम्न स्थानहरुको
पेट्रोल पम्पहरूमा मोबिल (Mobil) पाईन्छ ।
·
प्रहरी कल्याणकोष पेट्रोल पम्प, नक्साल काठमाण्डौ
·
प्रहरी कल्याणकोष पेट्रोल पम्प, सामाखुसी काठमाण्डौ
·
प्रहरी कल्याणकोष पेट्रोल पम्प, भरतपुर चितवन
·
प्रहरी कल्याणकोष पेट्रोल पम्प, पथलैया बारा
·
प्रहरी कल्याणकोष पेट्रोल पम्प, कदमाहा सप्तरी
सम्बन्धित
प्रदेशको भौतिक पूर्वाधार शाखा मार्फत पत्राचार गरी नेपाल प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयको
स्वीकृति प्राप्त भए पश्चात मात्र परिवर्तन गर्न सकिनेछ ।
प्रहरी कल्याण कोष पेट्रोल पम्पले संस्था
तथा निर्माण कार्यहरुको लागि प्रमाणित कागजात चेकजाँच गरी इन्धन उपलब्ध हुन्छ ।
IMS Software सञ्चालन गर्दा nepol.cd भित्र Inventory Management System मा गई Link
1 (Live Server) मा Click गरी आफ्नो कार्यालयको User ID र Password प्रविष्ट गरी Login गर्नुपर्दछ ।
नेपाल पुलिस हेल्थ क्लवमा उपलब्ध सेवाहरु र शुल्क सम्बन्धी विवरण https://www.nepalpolice.gov.np/public-services/public-facility/11 मा हेर्न सकिनेछ ।
प्रहरी आवास गृह प्रयोगको लागि
आवेदनको क्रमानुसार मापदण्डभित्र पर्ने प्रहरी कर्मचारीले प्रति महिना देहाय
अनुसारको शुल्क बुझाई २ (दुई) बर्षसम्म उपभोग गर्न पाउनेछन् ।
·
सि.प्र.अ. हरुको लागि शुरु तलव स्केलको २० % ले हुन आउने रकम ।
·
जु.प्र.अ. देखि प्र.ह./प्र.ज. सम्म शुरु तलव स्केलको १५ % ले हुन
आउने रकम ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्ज परिसरभित्र
रहेको ज्येष्ठ प्रहरी अतिथि गृहका कक्षहरू एक पटकमा अधिकत्तम सात (७) दिन सम्म रु
१५०।- देखी रु ७००।– सम्म शुल्क वुझाई प्रयोग गर्न सकिनेछ ।
प्रहरी कल्याणकोष पेट्रोल पम्पहरू २४
सैं घण्टा खुल्ला हुन्छन् ।
नेपाल पुलिस क्लबबाट उपलब्ध सेवाहरूको प्रयोग शुल्क https://www.nepalpolice.gov.np/public-services/public-facility/7 मा हेर्न सकिनेछ ।
कुनै कार्यालयमा IMS बाट लत्ताकपडा वितरण गर्ने क्रममा Draft मा रहेको खण्डमा यस्तो समस्या आउने भएकोले सकेसम्म Draft मा बसेको Transaction लाई खाली राख्नुपर्दछ ।
प्रहरी कर्मचारीले पाउने लत्ताकपडाको अवधि पुगेको वा नपुगेको विवरण
हेर्नलाई Home
Screen को Eligibility Test मा प्रहरी
कर्मचारीको कम्प्यूटर कोड नं. राखि Submit गरी हेर्न सकिनेछ
।
मिल्छ, कुनै प्रहरी कर्मचारीले डिउटीमा खटिदा वा अन्य कुनै कारणले उक्त
कर्मचारीले प्रयोग गरिरहेको लत्ताकपडाच्यातिएमा, नष्ट भएमा
वा अन्य कुनै कारणले प्रयोग गर्न नमिल्ने भएमा सो कर्मचारीलाई उक्त लत्ताकपडा
नदिईनहुने वा दिनुपर्ने उचित कारण भएमा कार्यालय प्रमुखलाई अनिवार्य रुपमा जाहेर
गरी आदेश भएमा Is Special लाई Yes गरी Remarks
मा दिनुपर्ने कारण खुलाई वितरण गर्नुपर्दछ ।
·
औचित्य पुष्टाई सहितको निवेदन
(निर्माण कार्यको म्याद समाप्त हुनु भन्दा २१ दिन अगाडिको समयमा दिनु पर्ने)
·
निर्माण कार्यको संशोधित कार्य
तालिका
·
बीमा सम्बन्धी कागजातको नवीकरण
(म्याद थप अवधि सम्मको लागि)
·
कार्य सम्पादन जमानत अवधि (म्याद थप अवधिमा १३ महिना मर्मत सुधार थप गरी
)
·
पेश्की जमानतको अवधि थप गर्नु पर्ने
।
नेपाल
सरकारको बोलपत्र सम्बन्धी आधिकारिक Online Portal
https://bolpatra.gov.np/egp बाट Bid Document लगायत आवश्यक सम्पूर्ण जानकारी पाउन सकिन्छ ।
तालिमको सिलसिलामा प्रशिक्षार्थीहरुले प्रयोग गरेको गोली IMS मा प्रशिक्षार्थीको
अभिलेखमा नजनाउने (पछि जागिर छाड्दा वा अवकाश जाँदा क्लियरेन्स गर्न समस्या हुने
भएकोले), त्यसलाई एकमुष्ठ रुपमा IMS बाट
Remove/Auction/Excused बाट घटाउनुपर्दछ ।
बेसाबुत हातहतियारको विवरण हेर्नलाई Report को Sabut/Besabut Details बाट
आफ्नो कार्यालय छानी Submit गरेपश्चात हेर्न सकिनेछ ।
इन्ट्री गरेको कार्यालय आफैले जुन प्रक्रियाबाट ईन्ट्री गरेको हो सोही
प्रक्रियाबाट गई Edit गरी सच्याउन सकिनेछ (जस्तै Type54 हतियारको नम्बर
प्रविष्ट गर्ने क्रममा गलत नम्बर प्रविष्ट भएको खण्डमा Add Old Inventory बाट Type54 Sub Category छनौट
गरेपछि आफुले प्रविष्टि गरेको नम्बरहरु देखिन्छ, गलत
प्रविष्ट भएको नम्बर Edit गरी Submit गर्नुपर्दछ
।)
Remove Inventory (Remove/Auction/Excused) Feature Already रहेको तर विगतमा जथाभावी Remove गर्ने गरेकोले
हाललाई Access नदिईएको । Access को
लागि नेप्रप्रका भण्डार शाखा वा सूचना प्रविधि निर्देशनालयमा सम्पर्क राखीAccess
प्राप्त भईसकेपछि Remove/Auction/Excused बाट
घटाउन सकिन्छ ।
प्रहरी कर्मचारीले आफुले पाउने स्केलमा सामानहरुको खपत अवधि प्रहरी
नियमावली, २०७१ को अनुसूचीमा हेर्न सक्नेछ ।
·
मु.अ. कर समायोजनको पत्र
·
कर चुक्ताको पत्र
·
मर्मत सुधार भईसकेको भनि प्राविधिकले
दिएको प्रतिवेदन
·
सम्बन्धित निर्माण कम्पनीको निवेदन
नेपाल
प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार महाशाखा, नक्सालको जग्गा सर्भे
इकाइवाट लिन सकिन्छ ।
IMS Login पश्चात Report को PMIS Code Details मा सम्बन्धित प्रहरी कर्मचारीको
कम्प्युटर कोड राखी Submit गरेर व्यक्तिगत लत्ताकपडाको विवरण
प्राप्त गर्न सकिनेछ ।
nepol.cd को IMS User Manuals मा
राखिएको http://192.168.30.8:8002/index.php/ims-manuals
मा Click गरेर वा nepol.cd को IMS Login Dashboard मा गएर प्राप्त गर्न सकिन्छ
।
प्रहरी
अतिथि गृहमा देहाय अनुसारको शुल्क बुझाई एक पटकमा बढिमा ७ दिनसम्म प्रयोग गर्न
सकिनेछ ।
|
सि.नं. |
विवरण |
प्रति वेड शुल्क |
परिवार सहितको लागि १
(एक) कोठाको शुल्क |
|
१ |
प्र.उ. को लागि |
रु.५००।- |
रु.५००।- |
|
२ |
प्र.ना.उ. को लागि |
रु.५००।- |
रु.५००।- |
|
३ |
प्र.नि.को लागि |
रु.३००।- |
रु.५००।- |
|
४ |
जु.प्र.अ. को लागि |
रु.२००।- |
रु.४००।- |
|
५ |
प्र.ब.ह. देखि
प्र.का.स.सम्म |
रु.१५०।- |
रु.३००।- |
प्रहरी
कल्याण कोष पेट्रोल पम्पमा Online Payment मार्फत भुक्तानी हुन्छ ।
अधिकार प्राप्त निकायबाट प्रचलित कानून
अनुसार सामाजिक संस्थाको रुपमा दर्ता भई कानूनले निर्दिष्ट गरेको शर्तहरु पूर्ण
रूपमा पालना गरेको सामाजिक संघ/संस्थालाई २५% छुट ब्यवस्था रहेको छ ।
नेपाल पुलिस क्लबको हलहरू प्रयोग गर्न
निर्धारित शुल्क बुझाई अग्रिम बुकिङ्ग गर्नु पर्नेछ ।
आयकर ऐन २०५८ ले गरेको व्यवस्था अनुसार पारिश्रमिक आम्दानीमा एकल र
दम्पत्तीलाई कर योग्य आयको छुट सीमा क्रमश: ५ लाख र ६ लाख रहेको छ भने, अवकाश कोषमा योगदान
(कर्मचारी संचय कोष र नागरीक लगानी कोष, निवृत्तिभरण कोष)
गरे बापत आम्दानीको १ तिहाई वा ५ लाख जुन घटि हुन्छ सो घटाउन पाउने व्यवस्था रहेको
छ । त्यसको अतिरिक्त प्रहरी कर्मचारीले कुनै पनी बिमा कम्पनीमा व्यक्तिगत बिमा
गरेको भए प्रिमियम तिरेको बार्षिक रकमको ४० हजार सम्म आम्दानीमा घटाउन सकिन्छ,
महिला कर्मचारी भएमा कर रकमको १० प्रतिशत छुट पाउने, दुर्गम भत्ता प्राप्त गर्ने कर्मचारीले भत्ताको ५० हजार सम्म आम्दानीबाट
घटाउन पाउने, अपाङ्ग व्यक्ति भए थप ५० प्रतिशत सम्म छुट
पाउने, स्वास्थ्य बिमा गरेको भए २० हजार सम्म छुट पाउने,
आफ्नो स्वमित्वमा रहेको निजी भवनको विमा गरेको भए ५ हजार सम्म छुट
पाउने । तसर्थ प्रहरी कर्मचारीले उल्लेखित प्रावधानहरुको उच्चतम उपयोग गरेको
खण्डमा पारिश्रमिक कर रकममा छुट पाउन सकिनेछ ।
रा.प्र.प्र.प्र.को
तालिम क्यालेण्डर तथा आ.ले.प. शाखाको आवश्यकता अनुसार छनौट चरणको नतिजा वरीयताक्रम
अनुसार तालिम हुन्छ ।
त्यस्तो
बाँकी भएको कटपिसलाई जिन्सी निरीक्षण गराई नष्ट गराई लगत कट्टा गर्ने र IMS मा पनि सोही आधारमा Remove/Auction/Excused
बाट घटाउनु पर्दछ ।
कम्प्युटर कोड फरक परेर सम्बन्धित बाहेक अन्य प्रहरी कर्मचारीको
अभिलेखमा लत्ताकपडा Entry भएको खण्डमा Distribution को Received मा गएर Search मा सो कर्मचारीको कम्प्युटर कोड राखेर
Search गरी Transaction Delete गर्न
सकिन्छ ।
नागरिक लगानी कोषबाट देहाय अनुसारको सेवा सुविधा प्राप्त
गर्न सकिन्छ :
|
विशेष सापटी |
नागरिक लगानी कोषमा आवद्ध
सहभागीहरूले कोषमा जम्मा भएको रकमको ९० % सम्म विशेष सापटी रकम प्राप्त गर्नेछन् । |
|
आवास कर्जा |
नागरिक लगानी कोषमा आवद्ध
सहभागीहरूलाई कोषलाई मान्य हुने धितो लिएर अधिकतम रू १ करोड सम्म कर्जा प्राप्त
हुनेछ । कोषमा पति / पत्नी दुवै जना सहभागी भएमा रू १ करोड ५० लाखसम्म कर्जा
प्राप्त हुनेछ । |
|
सरल कर्जा |
नागरिक लगानी कोषमा आवद्ध सहभागीको
आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक लगायत व्यक्तिगत प्रयोजन सम्वन्धी कार्यका लागि
धितो सुरक्षण लिएर कर्जाको न्यूनतम सीमा रू ५ लाख र अधिकतम सीमा ५० लाख हुनेछ । |
|
शैक्षिक कर्जा |
नागरिक लगानी कोषमा आवद्ध सहभागी
वचतकर्ता वा निजको एकाघरका परिवारका सदस्यलाई स्वदेश वा विदेशमा स्नातक, स्नातकोत्तर, एमफिल, विद्यावारिधि वा सो भन्दा माथिको शैक्षिक तहमा अध्ययन गर्ने प्रयोजनको
लागि धितो सुरक्षण लिएर कर्जाको न्यूनतम सीमा रू ५ लाख र अधिकतम सीमा ४० लाख
हुनेछ । |
|
सवारी साधन खरिद कर्जा |
नागरिक लगानी कोषमा आवद्ध सहभागी
वचतकर्ता वा निजको एकाघरका परिवारका सदस्यलाई निजी सवारी साधन खरिदका लागि धितो
सुरक्षण लिएर अधिकतम सीमा रु.३० लाख सम्मको रकम सवारी साधन कर्जा वापत प्रदान
हुनेछ । |
|
दुर्घटना भुक्तानी |
नागरिक लगानी कोष बचत वृद्धि कोषमा
आवद्ध प्रहरी कर्मचारी कार्यालयको कामकाजको सिलसिलामा दुर्घटनामा परी मृत्यु
भएमा निजको हकवालालाई रु.१ लाख रुपैँया प्रदान गरिनेछ । |
नेपाल पुलिस क्लबबाट उपलब्ध हुने सुविधाहरू निम्नानुसार छन ।
·
आजीवन सदस्यता (Lifetime
Membership)
·
ब्याटमिन्टन कभर्ड हल (Badminton
Covered Hall)
·
जिम हल (Gym Hall)
·
अडिटोरियम हल (Auditorium
Hall)
·
विशिष्ट कक्ष र अति विशिष्ट कक्ष (VIP and VVIP
Lounge)
·
समारोह कक्ष (Event Hall)
·
प्रर्दशनी कक्ष (Exhibition
Hall)
·
सम्मेलन कक्ष (Conference
Hall)
·
सेवा कक्ष (Service
Counter)
-
वाह्य सेवा स्थल (Outdoor Service
Space With Glass Roof)
-
वाह्य एरिया (Lawn &
Garden)
-
क्याफे तथा रेष्टुटेण्ट (Cafes and
restaurants)