आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय
परिचय
नेपाल प्रहरीको स्थापना काल देखिनै मिति २०१२।०८।०१ गते प्रहरीको लागि आवश्यक सामान खरिद व्यवस्थापनको लागि प्र.ना.उ. प्रमुख रहने गरी प्रबन्ध शाखाको स्थापना भएको हो । वि.स.२०४६ सालमा प्रबन्ध उपशाखा र सरसफाइ उपशाखाहरू समेत थप भई कार्य विभाजन गरिएको थियो । त्यसैगरी वि.स. २०५५ सालमा प्र.ना.म.नि. प्रमुख रहने गरी प्रबन्ध महाशाखामा स्तरोन्नति भएको र नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५।०२।२७ गते स्वीकृत सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण पश्चात शाखा प्रमुखको रूपमा प्र.ना.उ.को सट्टा प्र.उ. को दरबन्दी थप गरी शाखा प्रमुख हुने व्यवस्था रहेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७।०७।२७ गते स्वीकृत नेपाल प्रहरी र प्रदेश प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन र मिति २०७८।११।०६ गते स्वीकृत पुनरावलोकन प्रतिवेदन पश्चात नाम परिवर्तन भई आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय कायम भएको छ ।
निर्देशनालयको कार्य विवरण:
• प्रहरी नियमावलीमा व्यवस्था भएका प्रहरी पोशाकहरू, नेपाल प्रहरीलाई आवश्यक पर्ने हातहतियार गोलीगठ्ठाहरु, भीड नियन्त्रणका सामानहरू, सन्चार उपकरणहरू, सूचना प्रविधि सम्बन्धी उपकरणहरू, अपराध अनुसन्धान तथा नियन्त्रणका सामानहरू र सवारी साधनहरूको प्राप्ति र वितरण गर्ने ।
• नेपाल प्रहरी प्रधान कार्यालयलाई बिनियोजित बजेटको परिधि भित्र रहि आवश्यकता तथा प्राथमिकताका आधारमा खरिद गरी तोकिएको स्थानमा भण्डारण गरी आवश्यकता अनुसार मातहत कार्यालयहरूमा वितरण गर्ने ।
• नेपाल प्रहरी प्रधान कार्यालयको लागि आवश्यक पर्ने कार्यालय सञ्चालनका सामानहरू, फर्निचर, मसलन्द लगायतका फुटकर सामानहरू खरिद गरी आवश्यकता अनुसार सम्बन्धित निर्देशनालय, महाशाखा तथा शाखाहरुलाई उपलब्ध गराउने ।
• नेपाल प्रहरी प्रधान कार्यालयको हाता भित्र सरसफाइ गर्ने तथा नेपाल प्रहरी प्रधान कार्यालयमा हुने बिभिन्न सभा समारोहहरुको समारोहस्थल व्यवस्थापन गर्ने ।
निर्देशनालयको सम्पर्क नं:
प्र.ना.म.नि.: ०१-५७१९८४७,
प्र.उ.: ०१-५७१९८४८,
CUG मोबाइल नं.: ९८५१२५१७१६
निर्देशनालयको इमेल ठेगाना:
procurement_directorate@nepalpolice.gov.np
procurementsection213@gmail.com
procurementsection214@gmail.com