बजेट शाखा
परिचय
वि.स. २०१२ सालमा प्रहरी सङ्गठनको विधिवत स्थापना भए पश्चात मिति २०२२।०८।११ गते तत्कालीन बजेट उपशाखामा प्र.नि. १, प्र.ना.नि. १, प्र.स.नि. १, प्र.ह. २ र प्र.ज. २ गरी जम्मा ७ जना दरबन्दी कायम भएको थियो । हाल नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, बजेट शाखामा प्र.ना.उ. १, प्र.नि. १, प्र.व.ना.नि. १, प्र.ना.नि. १, प्र.स.नि. २, प्र.ह. १ र प्र.ज. १ गरी जम्मा ८ जनाको दरबन्दी रहेको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग मातहत रहेको बजेट शाखाले नेपाल प्रहरीको बजेट सञ्चालन गर्ने सम्पूर्ण प्रहरी कार्यालयहरूमा वित्तीय प्रशासन तर्फ वार्षिक बजेट निर्माण गरी तालुक मन्त्रालयमा पेस गर्ने र बजेट व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी यस शाखाको रहेको छ ।
शाखाको कार्य विवरण:
• बजेट तर्जुमा निर्देशिका तथा बजेट तर्जुमा समितिको निर्देशन बमोजिम प्रहरी कार्यालयहरूसँग समन्वय गरी नेपाल प्रहरीको वार्षिक बजेट तर्जुमा गरी प्रस्ताव गर्ने ।
• बजेट तर्जुमाका लागि बजेट सीमा भित्र रही अनुमानित बजेट तर्जुमा गर्ने कार्यमा मातहत कार्यालयहरूसँग आवश्यक समन्वय गर्ने ।
• देशैभर बजेट सञ्चालन हुने नेपाल प्रहरीका कार्यालय प्रमुख तथा लेखा प्रमुखहरूलाई Line Ministry Budget Information System (LMBIS) सम्बन्धित प्रशिक्षण प्रदान गर्ने ।
• बजेट सञ्चालन गर्ने प्रहरी कार्यालयहरूले तयार गरेको बजेटमा भएका त्रुटिहरूलाई सम्पादन गरी तालुक गृह मन्त्रालयमा पठाउने ।
• श्री अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेटको सम्बन्धमा दफावार छलफलमा सहभागी भई आवश्यकताको पुष्टयाइँ पेश गर्ने ।
• बजेट कार्यक्रम संशोधन, रकमान्तर, थप बजेटको व्यवस्थाको लागि तालुक मन्त्रालयमा पत्राचार तथा समन्वय गर्ने ।
• आयोजना/कार्यक्रम र बजेट कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन गर्ने ।
शाखाको सम्पर्क नं.: ०१- ५७१९८५३
शाखाको ईमेल ठेगाना: budget@nepalpolice.gov.np