भण्डार शाखा
परिचय
वि.स. २०३७ साल कार्तिक २१ गते तत्कालिन प्रहरी महानिरीक्षक श्री दुर्लभ कुमार थापाबाट प्रहरी प्रधान कार्यालयमा केन्द्रीय भण्डार शाखा समुद्घाटन भएदेखी हालसम्म सोही शाखाबाट कार्य सञ्चालन हुँदै आईरहेको छ । नेपाल प्रहरीको लागि आवश्यक पर्ने पोसाक, हातहतियार, गोलीगठ्ठा र असबाबहरुको व्यवस्थित एवं सुरक्षित भण्डारण, पारदर्शी र नियमसंगत वितरण गरि व्यवस्थित अभिलेखिकरण गर्नु भण्डार शाखाको प्रमुख काम रहेको छ ।
शाखाको कार्य विवरण
• खरिद भई आएका सामानहरुको प्रक्रियागत रुपमा गुणस्तर र परिमाण जाँच गरी आम्दानी बाँध्ने तथा प्रबन्ध निर्देशनालयको खर्च निकासा आदेश पश्चात वितरण वा निकासा गरी सोको अभिलेख राख्ने ।
• मातहत कार्यालयहरु समेतमा प्रहरी कर्मचारीहरुको लागी वितरण भएका लत्ताकपडाको अभिलेख राख्ने ।
• वितरण भएका सामानको अभिलेख राखि भण्डार मौज्दात मासिक रुपमा प्रबन्ध निर्देशनालयमा पेश गर्ने ।
• छोटो अवधिका लागि कार्य सम्पादन पश्चात भण्डार शाखामै फिर्ता हुने गरी मातहत कार्यालयहरुलाई हातहतियार तथा असबाबका सामानहरु बहालगिरीमा दिने ।
• आवश्यक पर्ने लत्ताकपडा तथा असबाबहरु समेतको मौज्दात मूल्याङ्कन गरी खरिदको लागी प्रबन्ध निर्देशानालयमा सुझाव पेस गर्ने ।
• प्रहरी कार्यालयमा रहेका जिन्सी सामानहरुको मिनाहा, लिलाम, नस्ट तथा धुल्याउने कार्य गर्ने ।
• सामग्रीहरुको सुरक्षित रुपमा भण्डारण गरि सुरक्षा व्यवस्थापन मिलाउने ।
शाखाको ईमेल ठेगानाः- bhandar@nepalpolice.gov.np