भण्डार शाखा
परिचय:
वि.स. २०३७ साल कार्तिक २१ गते तत्कालिन प्रहरी महानिरीक्षक श्री दुर्लभ कुमार थापाबाट प्रहरी प्रधान कार्यालयमा केन्द्रीय भण्डार शाखा समुद्घाटन भएदेखी हालसम्म सोही शाखाबाट कार्य सञ्चालन हुँदै आईरहेको छ । नेपाल प्रहरीको लागि आवश्यक पर्ने पोसाक, हातहतियार, गोलीगठ्ठा र असबाबहरुको व्यवस्थित एवं सुरक्षित भण्डारण, पारदर्शी र नियमसंगत वितरण गरि व्यवस्थित अभिलेखिकरण गर्नु भण्डार शाखाको प्रमुख काम रहेको छ ।
शाखाको कार्य विवरण
• खरिद भई आएका सामानहरुको प्रक्रियागत रुपमा गुणस्तर र परिमाण जाँच गरी आम्दानी बाँध्ने तथा प्रबन्ध निर्देशनालयको खर्च निकासा आदेश पश्चात वितरण वा निकासा गरी सोको अभिलेख राख्ने ।
• मातहत कार्यालयहरु समेतमा प्रहरी कर्मचारीहरुको लागी वितरण भएका लत्ताकपडाको अभिलेख राख्ने ।
• वितरण भएका सामानको अभिलेख राखि भण्डार मौज्दात मासिक रुपमा प्रबन्ध निर्देशनालयमा पेश गर्ने ।
• छोटो अवधिका लागि कार्य सम्पादन पश्चात भण्डार शाखामै फिर्ता हुने गरी मातहत कार्यालयहरुलाई हातहतियार तथा असबाबका सामानहरु बहालगिरीमा दिने ।
• आवश्यक पर्ने लत्ताकपडा तथा असबाबहरु समेतको मौज्दात मूल्याङ्कन गरी खरिदको लागी प्रबन्ध निर्देशानालयमा सुझाव पेस गर्ने ।
• प्रहरी कार्यालयमा रहेका जिन्सी सामानहरुको मिनाहा, लिलाम, नस्ट तथा धुल्याउने कार्य गर्ने ।
• सामग्रीहरुको सुरक्षित रुपमा भण्डारण गरि सुरक्षा व्यवस्थापन मिलाउने ।
शाखाको ईमेल ठेगानाः- bhandar@nepalpolice.gov.np