आर्थिक प्रशासन शाखा
परिचय:
बि.स. २०१२ सालमा नेपाल प्रहरी संगठनको विधिवत स्थापना भए पश्चात प्रहरी प्रधान कार्यालयको लागि विनियोजन हुने बजेट नियमानुसार खर्च गर्न बि.सं. २०१२।०८।०१ मा प्रहरी प्रधान कार्यलय, लेखा शाखामा प्र.ना.उ. सहित ३ जनाको दरबन्दी रहने गरी स्थापना भएको थियो । त्यस पश्चात वि.स. २०४६।०५।०८ गते थप १० जनाको दरबन्दी स्वीकृत भई १३ जनाको दरबन्दी कायम भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७।०७।२७ गतेको निर्णयले कार्यालयको नाम प्रहरी प्रधान कार्यालय लेखा शाखाबाट परिवर्तन भई नेपाल प्रहरी प्रधान कार्यालय, आर्थिक प्रशासन शाखा कायम भई नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग मातहत रहि काम काज हुँदै आईरहेको छ । आर्थिक बर्ष २०७४।०७५ सम्म प्रहरी प्रधान कार्यालयका विभागहरुमा छुट्टाछुट्टै लेखा शाखा संचालनमा रहेकोमा आर्थिक बर्ष २०७५।०७६ देखी प्रहरी प्रधान कार्यालयको हाता भित्र रहेको विभाग, निर्देशनालय र महाशाखाहरुको सम्पुर्ण आर्थिक कारोबार प्रहरी प्रधान कार्यालय, लेखा शाखाबाट संचालन हुने गरेको छ ।
शाखाको कार्य विवरण:
• नेपाल प्रहरी प्रधान कार्यालय दरबन्दीका प्रहरी कर्मचारीको लागि आवश्यक तलब, भत्ता तथा रासन वितरणको लागि प्रक्रिया पुरा गरी बैंक दाखिला गर्ने ।
• अवकाश/राजीनामा/नोकरीबाट हटाईएका प्रहरी कर्मचारीहरुको फरफारकको कार्य, बेरुजु फछर्यौटको कार्य गर्ने ।
• नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सरकारी सवारी साधनहरुलाई आवश्यक पर्ने ईन्धन वितरणका साथै सवारी साधनहरुहरुको माइलेज नियन्त्रण गर्ने ।
• कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट आन्तरिक लेखा परीक्षण तथा महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखा परीक्षण, बैंक तथा अन्तर निकाय समन्वयको कार्यहरु गर्ने ।
• लेखा सम्बन्धित केन्द्रिय अभिलेख राख्ने ।
• नियमित भुक्तानीको लागि आवश्यक फाँटवारी तयार गरी खर्च लेख्ने, खर्च भएका रकमको सम्बन्धित कार्यालयबाट आन्तरिक लेखा परीक्षण तथा अन्तिम लेखा परीक्षण गराई फरफारक लिने कार्य गर्ने ।
• बेरुजु सम्बन्धी अध्ययन गरी बेरुजुको अभिलेख राख्ने, बेरुजु फछर्यौट गर्ने तथा नीति निर्माण तहमा आवश्यक सुझाव पेश गर्ने ।
शाखाको सम्पर्क नं:- ल्याण्ड लाइन ०१-५७१९८५४ , CUG मोबाइल नं. ९८५१२९०७३०
शाखाको इमेल ठेगाना:- phqadminac@nepalpolice.gov.np /nepalpolicelekha@gmail.com