आन्तरिक लेखापरीक्षण शाखा
परिचय
बि.स. २०१२ सालमा प्रहरी संगठनको विधिवत स्थापना भए पश्चात सरकारी लेखा राख्ने कार्य थालनी गरियो । यस कार्यलाई परिस्कृत गर्दै लैजाने क्रममा नेपाल प्रहरी संगठनको आर्थिक अनुशासन कायम गर्न प्रहरी प्रधान कार्यालय नक्सालमा वि.सं. २०३१ सालमा आन्तरिक लेखापरीक्षण शाखाको स्थापना भएको थियो । आ.व. २०३०।०३१ सालदेखि बेरुजुको अभिलेख राख्ने र बेरुजु फस्यौट समेतका कार्य गर्दै आईरहेको छ ।
शाखाको कार्य विवरण:
• नेपाल प्रहरीको व्यवसायिक लेखा रहने कार्यालयहरुको आन्तरिक लेखापरीक्षण गरी प्रतिवेदन पेश गर्ने ।
• नेपाल प्रहरीको आर्थिक प्रशासनतर्फ प्रचलित ऐन/नियमको अधिनमा रही लेखा प्रमुख तथा सहायक लेखापालहरुको अह्रनखटन गर्ने ।
• आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ८१ बमोजिम आन्तरिक नियन्त्रण प्रणाली अनुरुप अनुगमन गर्ने र आवश्यक राय सुझाव सहित प्रतिवेदन/निर्देशन दिने ।
• स्वीकृत वार्षिक तालिम क्यालेण्डर बमोजिम आर्थिक प्रशासन तालिमको लागि सिफारिस गर्ने र छनौट परीक्षा सञ्चालन गर्ने ।
• प्रत्येक आर्थिक वर्षको स्वीकृत राशन जिल्ला दररेट माग गरी समयानुकूल परिवर्तनको लागि तालुक गृह मन्त्रालयसँग समन्वय गर्ने ।
• नेपाल प्रहरीको सरकारी सम्पत्ति तथा जिन्सी सामानको निरीक्षण सम्बन्धी कार्य गर्ने/गराउने ।
• नेपाल प्रहरीको आर्थिक प्रशासनसँग सम्बन्धित कुनै विषयवस्तुसँग सम्बन्धित दुबिधा भएमा आवश्यक परामर्श तथा राय दिने ।
• नेपाल प्रहरीका सेवानिवृत्त प्रहरी कर्मचारीहरुको बेरुजु अभिलेख चेकजाँच गरी फरफारकको कार्य गर्ने ।
• कुनै कार्यालयमा कार्यालय प्रमुख हाजिर नभएको अवस्थामा माग बमोजिम प्रचलित आर्थिक ऐन/नियमको परिधिभित्र रही मासिक सीमा ननाघ्ने गरी खाता सञ्चालन गर्न आदेश दिने ।
शाखाको सम्पर्क नं.:- ०१-५७१९८५१
शाखाको ईमेल ठेगाना:- phqaalepa@nepalpolice.gov.np
शाखाको मातहत कार्यालय:- नागरिक लगानी कोष प्रहरी शाखा नयाँ बानेश्वर काठमाण्डौं,
कर्मचारी सञ्चय कोष प्रहरी शाखा ठमेल काठमाण्डौ ।